इलाम/विद्यार्थीहरूले क्याम्पसको बस प्रयोग गरेको विषयमा महेन्द्र रत्न बहुमुखी क्याम्पस अशान्त बनेको छ । यसै विषयमा क्याम्पसस्थित विद्यार्थी सङ्गठनहरूबीच आरोप–प्रत्यारोपमात्र होइन, क्याम्पसको भौतिक संरचना क्षति गर्नेसम्मका घटना भइरहेका छन् । अनेरास्ववियुले गत मङ्सिर २८ गते ‘अध्ययन भ्रमण र श्रमदान कार्यक्रम’ का लागि क्याम्पसको बस शहीद रत्नकुमार बान्तवाको जन्मघर चमैताको चित्रेसम्म लगेको थियो । तर, अन्य विद्यार्थी सङ्गठनहरूले भने क्याम्पस प्रशासनले अनेरास्ववियुलाई बस दुरुपयोग गर्न दिएको भन्दै विरोध गरिरहेका छन् । नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी फोरम ‘बस दुरुपयोग’ भएको भन्दै दोषीलाई कारवाही गर्न क्याम्पस प्रशासनलाई दवाब दिएका थिए ।
तर, प्रशासनले यसबारे कुनै पहल नगरेको भन्दै उनीहरूले बिहीबारसम्म क्याम्पसमा कुनै गोष्ठी, भेलालगायत आयोजना गर्न नदिनेसहितका कार्यक्रम बुधबार विज्ञप्तिमार्पmत् सार्वजनिक गरेका थिए । बिहीबार बिहान क्याम्पसमा अनेरास्ववियुको ‘स्ववियुलक्षित’ कार्यक्रम चलिरहेका बेला एक समूहले बाहिरबाट ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा प्रहारबाट क्याम्पसको भ्mयालका शिशा फुटेको क्याम्पसले जनाएको छ । क्याम्पसको कक्षाकोठाभित्र बैठक चलिरहेका बेला बाहिर नेविसङ्घ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी फोरमले क्याम्पस प्रशासनलाई दवाब दिँदै जुलुससमेत लगाएका थिए ।अनेरास्ववियुले भने नेविसङ्घ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी फोरमले आफ्नो कार्यक्रम चलिरहेका बेला ढुङ्गा प्रहार गरी भ्mयालका शिशा, ढोका, कुर्सी र टेबल तोडफोड गरेर हातहतियारसहित आपूmहरूमाथि आक्रमणको प्रयास गरेको जनाएको छ ।
अनेरास्ववियुले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै क्याम्पसको समस्या समाधान गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षणसमेत गराएको छ । ‘क्याम्पसमा उत्पन्न समस्या हटाएर सहज परिस्थिति निर्माण गरी पठनपाठन नियमित गर्ने वातावरण बनाउने दायित्व बोध गर्न क्याम्पस प्रशासनलाई अनुरोध गर्दछौँ ।’ अनेरास्ववियु क्याम्पस कमिटी सचिव रविन बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनेरास्ववियुका विद्यार्थीले पनि बैठकमा अवरोध गर्न खोजेको भन्दै बाहिर निस्केर जुलुस लगाएका थिए ।बस प्रयोगपछि आफूहरूबाहेकका विद्यार्थी सङ्गठनलाई मात्र राखेर क्याम्पस प्रशासनले बैठक आयोजना गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको थियो । क्याम्पस प्रशासनका अनुसार अनेरास्ववियुका विद्यार्थीले सो बैठकको ‘माइन्युट’ समेत च्यातेका थिए । बैठकमा ‘सबै सङ्गठनलाई अध्ययन भ्रमणका लागि १–१ पटक बस प्रयोग गर्न दिने’ निर्णय भएको थियो । अनेरास्ववियुका जिल्ला अध्यक्ष ईश्वरी तामाङले अध्ययन भ्रमण र श्रमदान कार्यक्रमका लागि आपूmहरूले क्याम्पस प्रशासनको अनुमति लिएरै बस लगे पनि बस दुरुपयोग गरेको आरोप क्याम्पस प्रशासनले समेत लगाएको बताए । ‘क्याम्पस प्रशासनले दिएरै बस लगेका हौँ’, उनले भने, ‘तर, प्रशासनले हामीबाहेक अन्य विद्यार्थी सङ्गठनलाई मात्र बोलाएर बैठक राख्दै हामीले बस दुरुपयोग गरेको आरोप लगाएको हो ।’ उनले क्याम्पसलाई उसकै भनाइ सुधार्न सुझाव दिइरहेको बताए । तामाङले त्यहीअनुसार आफ्नो आन्तरिक कार्यक्रम गरिरहेका बेला अन्य विद्यार्थी सङ्गठनले आक्रमण गरेको जनाए । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश परियारले क्याम्पससँग ‘बस दुरुपयोग’ बारे समस्यामा समाधान निस्किसके पनि बैठकको माइन्युट च्यातिनुको कारणबारे क्याम्पस प्रशासनलाई जवाफ मागेको जनाए । समस्या समाधानबारे बैठक बोलाउन पटक–पटक आग्रह गरे पनि क्याम्पस प्रशासनले नचाहेको उनको आरोप छ । उनले क्याम्पसमा अनेरास्ववियुले अन्य विद्यालयका विद्यार्थी र बाहिरी व्यक्तिसमेत ल्याएको र आपूmहरू बाहिर रहेका बेला भित्रबाट लाठी प्रहार गरिएपछि आफ्नो सङ्गठनका विद्यार्थीले प्रतिकार गरेको जिकीर गरे । क्याम्पसका निमित्त प्रमुख धनबहादुर न्यौपानेले विद्यार्थीलाई चाँडै नै सहमतिमा ल्याउन आपूmहरूले प्रयास गरिरहेको जनाए ।