धनकुटा/ भौतिक पुर्वाधार तथा यातयात विकास राज्य मन्त्री सितारम महतोले भेडटारको चातर्फी विकासको लागी सरकारको तर्फवाट पहल गर्ने वताएका छन । होटल एशोसिएसन भेडेटारको आयोजनामा अंग्रेजी नयाँ वर्ष सन् २०१७ को अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सनिवार सम्पन्न पाँचौं फुड फेस्टिवल (खानपान महोत्सव) को उद्धघाटन गर्दै राज्य मन्त्रि महतोले यस्तो वताएका हुन ।
आन्तरिक तथा पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको पाँचौं फुड फेस्टिबल तथा खानपान महोत्सव–०७३ उद्धघाटन समारोहको प्रमुख अतिथि समेत रहेका महतोले भेडेटारको पर्यटन प्रद्र्धनका लागी छापा तथा विधुतिय संचार माध्यामवाट उच्च योगदान गरेको भन्दै आयोजक संस्थाको तर्फवाट ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिक धनकुटा शाखाका सम्वादाता सन्तवीर लामालाई ५ हजार, ५ सय नगद सहित कदर पत्रले पुरस्कृत एवं सम्मान गरेका छन् । सो अवसरमा वोल्दै राज्यमन्त्री महतोले भेडेटारको समुचित विकासको लागी कोही कसैले राजनिति नगरी एक भएर लाग्नु पर्नेमा जोड दिए । उनले विकास निर्माणको लागी वर्तमान सरकार दत्तचित्त भएर लागेकोले भेडेटारको पर्यटन प्रदद्र्धनको लागी सरकारको तर्फवाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । साथै, मन्त्रि महतोले संविधान संशोधन मार्फत सवैखाले समश्याको सामाधन गरेर नयाँ संविधानलाई कार्यान्वयन गर्न सके मात्र मुलुकमा दिगो शान्ति कायम हुने वताएका छन् ।त्यसैगरी कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले भेडेटारलाई प्रकृतले नै सिँगारिएकाले समुदायले थोरै मिहिनेत गरे भेडेटार सजिलै विकास हुने वताए । भेडेटारलाई प्रकृतले उपहार दिएकाले भडेटारका व्यावसायीले प्रकृतिले दिएको उपहारलाई थोरै सजाउने प्रयास गरे भेडेटारमा त्यसै पर्यटनको घुँइचो लाग्ने वताए ।
त्यसैगरी स्थानिय विकास अधिकार पर्वप्रसाद सापकोटाले भेडेटारको पर्यटन प्रवद्र्धनको लागी जिल्ला विकास समिति धनकुटाले सक्दो सहयोग गर्ने वचन दिएका छन् । सो अवसरमा वोल्दै कार्यक्रमका अतिथि पर्यटन कार्यालय काँकडभिताका गणेश तिम्सिनाले पर्यटन प्रवद्र्धन आर्फ नहुने पर्यटन भित्र्याउन व्यावसायीहरु आफै अग्रसर हुनु पर्नेमा जोड दिएका छन् । होटल एशोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीको अध्यक्षतमा सम्पन्न पाँचौं भेडेटार फुडफेस्टीवल तथा खानपान महोत्सवमा राजनितिक दलहरुको तर्फवाट संघिय समाजवादी फोरम पार्टीका जिल्ला अध्यक्ष वलवहादुर राई, होटल व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष अमृत भुजेल, ग्रामिण जनता माविका प्राचार्य टंकवहादुर भुजेल, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्र घिमिरे, स्थानिय शान्ति समिति भेडेटारका संयोजक भवन वहादुर लिम्वु, पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, धरान स्काई एडभेञ्चर प्याराग्लाईडिङ्ग धरान–४ का प्रवन्धक रोशन अधिकारी लगायतले महोत्सव सफलताको लागी शुभकामना मन्तव्य राखेका थिए ।
महोत्सव उद्धघाटन समारोहको संचालन होटल एशोसिएशन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले गरेका थिए भने स्वागत मन्तव्य भेडेटार नेष्टका सचिव एवं महोत्सव आयोजक संस्थाका सल्लाहकार नरवहादुर चेम्जोङ्गले गरेका थिए भेडेटारमा यो वर्ष आयोजना गरिएको फुड फेस्टिवलको स्थल भेडेटार चोक देखी काम्फेकसम्म स्टलहरु सजाइएको छ । आयोजकले आर्थिक तथा सामाजिक उत्थानको लागी पर्यटन, होटल व्यवसाय, होमस्टे, अन्य व्यवसाय, कृषि, साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले फुड फेस्टिवल हरेक वर्ष आयोजना गरिएको वताएका छन् । फुड फेस्टिबलमा आउने पर्यटकहरुले नजिकैको क्षेत्रहरु भेडेटार गाविस भित्र रहेको साँगुरी यक, पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, सिएननको सर्वेक्षणमा विश्वको १२ औं गन्तव्यको रुपमा लिएको विश्व चर्चित नाम्जेवजार, नमस्ते झर्ना (सिम्सुवा), शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, सुर्यद्धय बौद्धविहार गुम्बा लगायतका ठाउँमा घुमफिर गर्न सक्नेछन् ।
त्यस्तै गरी मगर, लिम्बु, राई, याम्फु, तामाङ र याखा जातिको साँस्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् । भेडेटार होटल एशोसिएनको मुल आयोजनामा सनिवारदेखी शुरु भएको फुड फेस्टिवलको लागि यो वर्ष सह–आयोजकमा नेष्ट भेडेटार, भेडेटार आमा समुह र पाथिभरा क्लव रहेका छन् । त्यसैगरी सहयोगीमा जिल्ला विकास समिति धनकुटा, भेडेटार गाविस, मुख्य प्रायोजकमा रुस्लान भोड्का र अन्य सहयोगी कम्पनीहरुमा चेसुङ्ग वाईन, कोकाकोला, वराह ज्वलरी, जेके कम्पनी रहेका छन् । त्यसैगरी सह–प्रायोजकमा टुवोर्ग वियर र पवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको भेडेटार होटल एशोसिएसनका अध्यक्ष लिलाराज लावतीले वताएका छन्