इनरुवा /bhim acharya नेकपा एमालेका सचिव भीम आचार्यले संविधान संशोधन प्रक्रियामा एमालेको कुनैपनि साथ–सहयोग नरहने बताएका छन् । सुनसरीको झुम्कामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव आचार्यले पुष्पकमल दाहाल नेतृत्वको सरकारले एमालेलाई ‘बाइपास’ गरी अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण हुने बताए । एमालेलाई सहमतिमा ल्याउन वर्तमान सरकार जोडतोडका साथ लागिपरेको प्रसङ्ग कोट्याउँदै आचार्यले संशोधन प्रक्रियामा एमाले नउभिने बताए । संशोधनका लागि समावेश गरिएका बुँदाहरु औचित्यहीन रहेकाले कुनैपनि हालतमाa एमालेका लागि त्यो स्वीकार्य नहुने आचार्यको भनाइ थियो । आचार्यले सरकारले सिमाङ्कनलाई थाँती राखेर संशोधन ल्याए त्यसउपर भने छलफलका लागि एमाले तयार रहेको बताए । एक अर्को प्रसङ्गमा आचार्यले मधेशी मोर्चाले क्षेत्र नम्बर १ टुत्र्mयाउने अडान लिइरहेकाले त्यस्तो दिवास्वप्न नदेख्न सुझावसमेत दिए ।