rasi-150x150श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ पौष २० गते बुधबार ४ जनवरी २०१७ सौम्यनाम संम्वत्सर दक्षिणायनं हेमन्तऋतु पौषशुक्लको षष्ठीतिथी १२।२४ बजे सम्म उप्रान्त सप्तमी नक्षत्र पूर्वभाद्रपदा १५।१२ बजे सम्म उप्रान्त उत्तर भाद्रपदा चन्द्रमाराशी कुम्भ सुर्योदय ६।५७ सूर्यास्त ५।२१ बजे हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):आय आर्जनका स्रोतहरु फेला पर्लान् बोलिको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन होला । मित्रहरुको सहयोग मिल्ने देखिन्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):यात्राको अवसर मिल्ला । शारीरिक आलश्यता बढ्नेछ । आकस्मिक धनलाभ होला । प्रेमपक्ष सामान्य देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आलोचना बढ्नेछ । कर्मप्रति निष्ठा बडेर  जाला । आफन्तको सहयोगमा महत्वपूर्ण काम बन्नेछ । वैदेशिक रोजगारको अवसर मिल्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :राजनितिक गोपनियता रहनेछ । चोटपटक लाग्न सक्छ । बौद्धिक वर्गबाट सम्मान प्राप्त हुनेछ । औद्योगिक कार्यमा लगानि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):अबरुध कार्य सुचारु हुनेछन् । शैक्षिक कार्यमा लाभ मिल्नेछ । प्रशासनिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ । राजनीतिक व्यस्तता बढ्नेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):प्राविधक कार्यमा प्रगति हुनेछ । शैक्षिक क्षेत्रमा लगानी बढ्नेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । मानसिक चञ्चलता रहनेछ । चिन्ता बढ्ला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):दैनिक कार्यमा बाधा देखा पर्नेछ । खर्च बृद्धि हुनेछ । हराएको धन प्राप्ति हुनेछ । शत्रुको सामना गर्नु पर्नेछ । प्राज्ञिक क्षेत्रमा उन्नति हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):सोचेका आँटेका तथा सुरु गरेका कार्यमा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन् । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):प्रतिष्ठित काम गर्ने अवसर मिल्ला । साथीभाईको सहयोगले हिम्मत दिलाउनेछ । अरुलाई प्रभावित बनाउनेछ । कार्य सफल होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):व्यापार व्यवसायमा मनग्य फाईदा हुनेछ । साथीभाईको सहयोगमा काम गर्ने समय रहेको छ । लेनदेनमा भने सजक रहनु होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): पढाई लेखाईमा प्रगति होला । सोचेका कार्यहरु सहजै सफल होलान् आश्वासनमा फसिएला । कार्यको साझेदारीमा सजक भएको राम्रो हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रेमिका बिच विवाद बढ्ला । सामान्य सोचेका व्यक्तिले पनि आरोप लाउलान् । समय सामान्य छ । व्यापारमा पनि राम्रो देखिंदैन ।