rasi-150x150श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ पौष २१ गते बिहीबार ५ जनवरी २०१७ सौम्यनाम संवत्सर दक्षिणायनं हेमन्त ऋतु पौष शुक्लको सप्तमी तिथि १०।५० बजेसम्म उप्रान्त अष्टमी नक्षत्र उत्तरभाद्रपदा १४।१४ बजेसम्म उप्रान्त  रेवती चन्द्रमा राशी मीन सूर्योदय ६।५७ सूर्यास्त ५।२२ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):अनावश्यक खर्च बढ्ला । दैनिक कार्यमा भने लाभ मिल्ला । यात्रामा सचेत रहनु होला । अध्ययनमा रुचि घट्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):नोकरी तथा रोजगारीमा स्थानान्तरण होला । सामाजिक मान–प्रतिष्ठा मिल्नेछ । धातुसम्बन्धी व्यापार बढ्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):शारीरिक सुन्दरता बढ्ला । प्रशंसा गर्नेहरु बढ्लान् । ज्ञान आर्जनका बाटाहरु खुल्नेछन् । पराक्रम बढेर जानेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :परिश्रमी भइएला । सामाजिक मान–प्रतिष्ठामा वृद्धि हुने योग छ । धन आर्जन राम्रै देखिन्छ । प्रेम पक्ष भने कमजोर होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):दैनिक कार्यमा झन्झट थपिएला । खर्च वृद्धि भएर जाला । हराएको धन प्राप्त हुनेछ । शत्रुको सामना भने गर्नुपर्ला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):प्राज्ञिक क्षेत्रमा उन्नति होला । पशु चौपायाबाट राम्रै लाभ होला । शारीरिक स्फूर्ति बढ्ला । प्रेम पक्ष सुमधुर हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):भूमिसम्बन्धी विवाद बढ्नेछ । दैनिक कार्यप्रति नैराश्यता बढ्ला । आध्यात्मिक क्षेत्रमा मन जानेछ । एक्लो महसुस होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):आम्दानी गर्न कडा मेहनत गर्नुपर्ला । अध्ययनमा बाधा हुनेछ । शत्रु सक्रिय  होलान् । मन अस्थिर रहला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):भूmटो आरोप आइलाग्ला । विवादमा फँसिएला । कष्टकर यात्रा होला । स्वास्थ्यमा बाधा होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):बोलीको प्रभाव बढ्ला । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । यात्राको अवसर प्राप्त होला । प्रेम पक्ष भने कमजोर छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): मान–सम्मान प्राप्त होला । व्यवसायमा उन्नति देखिन्छ । धन सञ्चित हुनेछ । पति–पत्नीमा विवाद बढ्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम बढेर जाला । कार्य सम्पन्न गर्न सहजता देखिन्छ । अध्ययन–अध्यापन र सञ्चार क्षेत्र राम्रो छ ।