इटहरी  / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संसोधन भन्दा पनि संविधान कार्यान्वयनका लागि निर्वाचनको प्रकृया अघि बढाउनु पर्नेमा जोड दिएका छन् । प्रेस चौतारी नेपाल सुनसरीले सोमबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन प्रस्ताव झुक्याएर संसदमा टेबल गराएको भन्दै आपत्ती जनाए । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दति विरुद्ध रहेको पनि दावी गरे । जनताको चाहना भन्दा पनि दलको नेताको स्वार्थका कारण संविधान संसोधनको प्रस्ताव आएको भन्दै उनले यसलाई असफल गराउने बताए । ‘प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय उचालेर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन गरेका छन्’ उलने भने ‘यो हामीलाई मान्य छैन ।’ यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले पदमुक्त गरे पछि महाअभियोग समितिले त्यति काम गर्नु नपर्ने बताए । उनले कार्कीलाई प्रमुख आयुक्त बनाउन आफ्नै पार्टीमा पनि विवाद भएको र त्यस बेला दलका प्रमुख नेताले गल्ती गरेको स्वीकार गरे । नागरिकता सम्बन्धी व्यवस्था निकै जटिल भएको भन्दै उनले अनुकूल सहज ढङ्गले नागरिकता प्राप्त गर्न व्यवस्था संविधानमा लेख्न नसकिने बताए । एमालेले चलाएको चार महिने जागरण अभियान अन्रतग सुनसरीको हरीनगरामा हुने कार्यक्रमलाई सम्वोधन गर्न आएका वरिष्ठ नेता नेपालले वर्तमान सरकार यो वा त्यो बहानामा निर्वाचनको मिति तोक्न नचाहेइरहेको आरोप लगाए । हरिनगरामा एमालेको जनसभा पत्रकार सम्मेलन पछि सुनसरीको हरिनगरामा नेकपा एमाले जिल्ला कमिटि सुनसरीले आयोजना गरेको जनसभालाई सम्बोधन गरेका थिए । मधेश जागरण अभियान अन्र्तगत आयोजना गरिएको जनसभामा एमाले मधेश विरोधी नभई मधेशको हितमा एमाले लागि परेको बताए । मधेश र मधेशी जनताको हितका लागि एमाले सरकारमा हुदा विभिन्न कार्यक्रम ल्याएको बताएका थिए । एमाले मधेश विरोधी होईन भन्न आफु रौतहटबाट आएको बताएका थिए । सभामा गाउ गाउबाट स्थानियवासीहरुको उपस्थिति रहेको थियो । यसैविच सभा विथोल्न मधेशी मोर्चाका कार्यकर्ताहरुले हरिनगरा बजार बन्द गराएका थिए । कार्यक्रम स्थल नजिक कोणसभा गरेर एमालेको विरोधसमेत गरेका थिए ।