विराटनगर/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरी संसदमा टेबुल गरेको संविधान संशोधन प्रस्ताव पारित हुन नदिने बताएका छन् । जालझेल र षड्यन्त्र गरेर छलफलकालागि प्रस्तुत गरिएको प्रस्ताव पारित गर्न सत्तापक्षले जुनसुकै ताकत लगाए पनि पास नहुने भन्नुहुँदै उहाँले रोष्ट्रममा लुकेर दर्ता गरिएको प्रस्ताव असफल हुने घोषणा गरे । विराटनगरमा सोमवार नेकपा एमाले मोरङको ८ औं जिल्ला अधिवेशन उद्धघाटन गँदै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्ष दललाई विश्वासमा लिएर राजनीतिक निकास खोज्न सत्ता पक्षले नचाहेको आरोप पनि लगाए ।
नेकपा एमाले विरुद्ध अहिले चौतर्फी घेराबन्दी भइरहेको र मोर्चा बन्दी गरेर एमालेलाई एक्ल्याउने प्रयास भएको अध्यक्ष ओलीले बताए । उनले भने ‘एमालेको शक्ति देखेर देश भित्रको मात्र होइन संसारकै मै हुँ भन्ने शक्तिहरु मिलेर घेराबन्दी गर्ने प्रयत्नमा लागिपरेका छन् त्यसका विरुद्ध हामीले पनि मोर्चाबन्दी शुरु गरेका छौं ।’ उनले नेकपा एमाले नभएको भए यतिबेला विदेशी शक्तिले टाउकोमा टेकिसक्ने दावी गरे ।
मधेसी दलहरुले एमालेमाथि आवेशयुक्त र उत्तेजनापूर्ण अभिव्यक्ति दिएको उनले आरोप लगाए । उनले निर्देशन दिँदै भने ‘कसैले एमाले विरुद्ध आइलाग्ने दुस्साहस गर्छ भने जाइलाग्नु होला ।’ पृथ्वीनारायण शाहको पालादेखि चर्चामा आएको उखान स्मरण गर्दै ओलीले भन्नुभयो‘हाम्रो पुर्खाहरुको उखान छ, जाई कटक नगर्नु झिकि कटक गर्नु’ यस्तै एमालेका कार्यकर्तामाथि जाई लागेमा दम दबाएर भाग्नुपर्दैन, प्रतिवाद गर्नुस् । उनले मधेश दलहरुले मधेशबाट एमालेको विदाई गर्ने सन्दर्भसंग जोड्दै आफ्नो थान्कामा बस्न आग्रह गरे । उनले भने ‘मधेशी दलहरु आफ्नो थान्कामा बस्नु पर्छ जे हैसियत छ त्यही अनुसार खोज्नु पर्छ ।’
अध्यक्ष ओलीले अहिले एमाले देशकै पहिलो दल रहेको दावी गरे । उनले भने ‘अरु पार्टीहरु त हाम्रो कम्मरमा पनि आइपुग्दैनन् तुलना गर्नै मिल्दैन ।’ उनले निर्णय प्रकृयामा नेपाली काग्रेंस शिथिल दलको रुपमा परिणत भएको बताए । उनले काग्रेंसकै कारण लोकमान सिंह कार्कीलाई संसदबाट हटाउने कुरामा ढिलाई भएको र सर्वोच्चले त्यसको जवाफ दिएको टिप्पणी गरे ।
विकास र समृद्धिकालागि मधेशमा आफुले विकासका विविध योजनाहरु अगाडि सारेको दावी गदै अध्यक्ष ओलीले मधेशमा विकास र समृद्धिको नारा लिएर मधेशी जनताबीच जान आग्रह गरे । उनले भने ‘मधेशी जनतालाई समृद्ध हुन नदिएर जमिन्दारी चलाउने मधेशी दलको भण्डाफोर गर्नुपर्छ ।’ उनले एमालेको नेतृत्वमा भएको सरकारको पालामा हुलाकी राजमार्गमा चार अर्बभन्दा बढी बजेट छुट्टयाइएको , मधेशका सदरमुकाम जोड्ने सडक निर्माणमा प्राथमिकता दिएको, मधेशमा स्मार्ट सिटी बनाउने योजना ल्याइएकोले यी विकासका नारा लिएर जनता माझ पुग्नुपर्ने उनले बताए ।
उनले प्रचण्डलाई व्यङ्ग्य गर्दै एमाले नेतृत्वको सरकार लोट्रीमा परेको चिट्ठा जस्तो नभएको जिकिर गर्दै विकासका नयाँ आयाम थालनी गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका सचिव भिम आचार्य, योगेश भट्टराईलगायतले बोलेका थिए । एमाले जिल्ला अधिवेशन तीन दिनसम्म चल्नेछ ।
जालझेलको प्रस्ताव असफल पारिन्छ –ओली
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































