वि.सं. २०७३ साल माघ १ गते। शनिबार। इश्वी सन् २०१७ जनवरी १४ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– द्वितीया, १४:४८ बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको फाइदाका लागि उपयोग भइएला। अवसर आए पनि काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। कोसिस गर्दा रोकिएको व्यवसायले गति लिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफन्तको सहयोग जुट्नाले समस्याबाट मुक्ति मिल्नेछ। ईर्ष्यालु मन भएकाहरूबाट सजग रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नुका साथै मनग्य धनलाभ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सानोतिनो समस्याले आँटेको काममा बाधा पुग्न सक्छ। अध्ययनमा लगनशील बन्न नसकिएला। गलत हिसाबकिताबले आम्दानी रोकिनुका साथै अनावश्यक विवाद निम्त्याउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले आलोचनाको पात्र भइएला। सहयोगीहरू पनि टाढिन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तथ्य वस्तु पत्ता लगाउने चेष्टा गर्नुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजना अघि बढाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। ठूलै फाइदाको आश्वासन पाइए पनि यथार्थमा लाभ भने कमै मिल्नेछ। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आँटले काम सम्पादन गर्न सकिनेछ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नसोचेको अवसरले मन प्रफुल्लित गराउनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् भने सामान्य मित्रता पनि दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। धेरैले मेहनतको तारिफ गर्नेछन्। मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ। मान-प्रतिष्ठा कमाउने बेला छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। विगतका कमजोरी बाहिर आउनाले समस्यामा परिएला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नजिककासँग असमझदारी बढ्नाले आँटेको काममा बाधा होला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। अहंपनाले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। वादविवादमा अघि नबढ्नुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ भने सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनत गर्दा व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। (नेपाली पात्रो)