-
Home
-
पूर्व
-
आजदेखि चौथो युनाइटेड गोर्खा भलिबल सुरु
आजदेखि चौथो युनाइटेड गोर्खा भलिबल सुरु
धरान/चौथो युनाइटेड गोर्खा एकेडेमी भलिबल रनिङ कप आज (मंगलबार) देखि सुरु हुँदै छ । प्रतियोगितामा सुनसरीका १३ वटा स्कुलका छात्रछात्राबीच स्पर्धा हुदै छ ।
धरान–१५ स्थित एकेडेमी परिषरको भलिबल कोर्टमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल छात्रमा ज्ञानदर्पण र युनाइटेड गोर्खाको बी टिमबीच हुँदै छ । छात्रा तर्फ लिटल फ्लावर्स र युनाइटेड गोर्खाको बि टीमबीच हुने स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले बताए । प्रतियोगिता केटा तर्फ १३ टिम छन् भने केटी तर्फ १० वटा टिम स्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो टिमले क्रमशः जनही १२ हजार, ९ हजार र ७ हजार रुपैयासहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा आयोजक युनाइटेड गोर्खा एकेडेमी, कारमेल स्कुल, डिपो उच्चमावि, धरान मोडल स्कुल धरान, पुलिस बोर्डिग स्कुल धरान, हाम्रो इग्लिस बोर्डिग स्कुल इटहरी, तरहरा मोडल तरहरा, लिटर फ्लावर्स स्कुल इटहरी, सक्रेट हार्ट इग्लिस स्कुल इटहरी, स्टाण्र्डड बोर्डिग स्कुल पकली, समिट उच्चमावि धरान, ज्ञानदर्पण बोर्डिग स्कुल तरहरा, बालविकास बोर्डिग स्कुल इटहरीको टिम सहभागी छन् ।
माघको ९ गतेसम्म चल्ने प्रतियोगितामा मंगलबार नै छात्रमा प्रहरी स्कुल र कारमेल स्कुलबीच स्पर्धा हुने छ । छात्रामा डिपो र सेक्रेट हार्ट बीच खेल हुने छ । यसैबीच मंगलबार विहान रक्तदान कार्यक्रमसमेत हुने छ । प्रतियोगितालाई भव्यता प्रदान गर्नको लागि आयोजकले सोमबार प्रचारात्मक र्यालीसमेत निकालेको छ ।
यसैबीच स्कुलले वार्षिक खेलकुद कार्यक्रमसमेत सम्पन्न गरेको छ । स्कुलका विद्यार्थीहरुबीचमा विभिन्न खेलकुद प्रतियोगिता गराइएको छ । नर्सरीदेखि युकेजीसम्म इटिङ रेस, कक्षा १ बेलुन ब्लाष्टिङ, कक्षा २ बेलुन ब्लाष्टिङ केटीमा स्पोन रेस, कक्षा ३ देखि ६ कक्षासुम्म केटामा कक फाइट, केटीमा ३ देखि ५ सम्म स्पोन रेस गराइएको थियो ।
त्यस्तै कक्षा ६ वाटर फिलिङ, कक्षा ७ देखि १० सम्म म्युजिकल चेयर, कक्षा ८ देखि १० कक्षासम्म सर्ट पुट, र अन्तर हाउस भलिबल प्रतियोगिता गराइएको थियो । विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।