धरान/त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस धरानले ६२ औं वार्षिकोत्सव मंगलबार सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको अवसरमा हालै अवकास प्राप्त प्राध्यापक डा. टङ्कप्रसाद न्यौपानेले बुबाआमा हरिप्रसाद–हर्कमाया स्मृति पुरस्कार घोषणा गरेका छन् । कुल २८ हाजर रुपैया राषीको उक्त पुरस्कार चारवटा विधामा प्रदान गरिने उनले घोषणा गरेका हुन् । एक विधा बराबर जनही ७ हजार रुपैया प्रदान गरिने छ ।
उक्त पुरस्कार २०७४ सालदेखि सुरु हुने भाषाविद् डा. न्यौपानले बताए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका डा. न्यौपानेले विए नेपाली तर्फ सर्वोकृष्ट अङ्क ल्याएर स्नात्तकोत्तरमा भर्ना हुने विद्यार्थीलाई उक्त पुरस्कार वितरण गरिने छ ।
त्यस्तै स्नात्तकोत्तर नेपालीमा जनजातीय विषयमा शोध लेखेर उच्चतम अंक ल्याउने, मानवीवि विषय तर्फ (अग्रेजी, नेपाली, राजनीतिक शास्त्र र अर्थसास्त्र) स्नात्तकोत्तरमा सर्वोकृष्ट अंक ल्याउने र व्यवस्थापन तर्फ विविएसमा सर्वोकृष्ट अंक ल्याई महेन्द्रमै एविएस भर्ना हुनेलाई पुरस्कार प्रदान गरिने छ ।
वार्षिकोत्सवको अवसरमा पुष ११ देखि १४ गतेसम्म सम्पन्न खेलकुद कार्यक्रममा विजेता खेलाडी तथा टिमलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको क्याम्पस प्रमुख एवं कार्यक्रमका सभापति चन्द्रकुमार राईले बताए । खेलकुद कार्यक्रममा भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेवलटेनिस, चेस, हाजिरजवाफ, सर्टपुट र म्युजिकल चेयर प्रतियोगिता भएका थिए ।
त्यस्तै १८ जना दाताहरुले स्थापना गरेको अक्षयकोषमार्फतको छात्रवृति प्रदान गरिएको छ । उक्त छात्रवृति ३ हजार देखि २० हजार रुपैयासम्मको रहेको छ । क्याम्पसले हरेक वर्ष प्रदान गर्दै आएको जेहेन्दार छात्रवृतिसमेत प्रदान गरेको छ । कार्यक्रमको सञ्चालन कानुन संकायका सहायक क्याम्पस प्रमुख कमलप्रसाद दाहालले गरेका थिए ।