धरान/यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बुधबार विद्यालय तहका भाइबहिनीहरूले नौलो अनुभव गरे । कहिल्यै कविता नलेखेका अथवा लेखे पनि मुक्तलयमा लेखेका विद्यार्थीहरूले कार्यक्रममा तत्कालै छन्दमा कविता रचना गरे । आपूmहरूले केही बेरमै छन्दमा मीठा कविता लेख्न सकेकामा उनीहरू आपैmँ छक्क परिरहेका थिए । उनीहरूलाई यसरी कविता लेख्ने सूत्र सिकाएका थिए– ‘छन्द पराग’ पुस्तकका रचनाकार डा देवी नेपालले र यो अवसर कवि विमल स्मृति पुस्तकालयले जुराइदिएको थियो ।

विद्यार्थीहरूका लागि सिर्जनात्मक लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक डा नेपालले विद्यार्थीहरूलाई रमाइलो तरिकाले छन्दसम्बन्धी ज्ञान सिकाए । उनले सिकाएको छन्दसम्बन्धी सूत्रका आधारमा तत्कालै लयात्मक कविता रचना गरेर विद्यार्थीहरू पनि निकै रमाएका थिए । उनीहरूले लेख्दै, गाउँदै कविता लेखनको सीप सिकेका थिए । डा नेपालले मुक्तलय अर्थात् गद्यलयमा कविता लेख्ने सीप पनि सिकाएका थिए । त्यस क्रममा उनले विद्यार्थीहरूलाई कविता लेखनको विधि र प्रक्रियाबारे बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्राडा टङ्कप्रसाद न्यौपानेले प्रतिभा भएर पनि उपयुक्त वातावरण नपाएका विद्यार्थीहरूलाई यस्ता कार्यक्रमले फाइदा पु¥याउने बताए ।

कार्यक्रममा सैनिक आवासीय महाविद्यालय, पब्लिक उच्चमावि, शिक्षा निकेतन उच्चमावि, शिक्षा सदन उच्चमावि, माउन्ट हर्मन इङ्लिस स्कुल, विष्णु मेमोरियल उच्चमावि, शारदा बालिका उच्चमाविलगायतका झण्डै सयजना छात्रछात्रा सहभागी भएको कार्यक्रमका संयोजक महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विषयका प्राध्यापक गोपीकृष्ण खतिवडाले जानकारी दिए । आयोजक पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकालयका सचिव चेवन राईले पनि बोलेका थिए । पछिल्लो पुस्तामा छन्दप्रति आकर्षण जगाउनका लागि देशव्यापी अभियानका क्रममा आपूm पूर्व आइपुगेको डा नेपालले बताए । उनी यस क्रममा पूर्वका विभिन्न जिल्लामा पुग्नेछन् । उनले नयाँ पुस्तालाई सिर्जनात्मक लेखनको बाटो देखाइदिने प्रयास गरेको बताए । ‘कविता त आप्mनै अभ्यासबाट लेख्ने हो’, उनले भने, ‘मैले त विधिमात्र सिकाइदिने हो ।’