वि.सं. २०७३ साल माघ १० गते। सोमबार। इश्वी सन् २०१७ जनवरी २३ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– एकादशी, २४:२३ बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बेसुरमा निर्णय लिँदा समस्या आउला। आस मारेको काममा तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। स्वास्थ्य प्रतिकूल रहे पनि प्रयास गर्दा काम बन्नेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा अरूले साथ दिनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। बलजफ्तीले गरिएको काम सफल नहुन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि मेहनतको पाठ सिकाउन सकिनेछ। मेहनतीहरूका लागि दिन निकै फाइदाजनक रहनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। पहिलेका सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोरी महसुस हुनेछ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। गुरुजनको मार्गदर्शन लाभदायक रहनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अरूको फाइदाका लागि उपयोग भइने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। नजिकका साथीभाइ टाढा हुनेछन् भने आफ्नाले सहयोग जुटाउनुको सट्टा धोका दिन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। भूमि तथा पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मेहनतले विशेष अवसर दिलाउनेछ। मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको आलोचना गर्दा आफैंलाई हानि होला। असंयम व्यवहारले शुभचिन्तकहरू टाढिन सक्छन्। व्यापारमा त्यति समय दिन नसकिएला। लाभांश कममात्र मिल्नेछ। पहिलेका सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा मनग्य समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्नै बेहोसीले नोक्सान पुर्याउला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च होला। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य नमिल्न सक्छ। कमै फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। माजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
फाइदा नहुने काममा जुट्नुपर्ने अवस्था देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अस्वस्थताका बीच सामाजिक जिम्मेवारी बढिरहनेछन्। सेवामूलक कामले मात्र प्रतिष्ठा दिलाउनेछ। (नेपाली पात्रो)