वि.सं. २०७३ साल माघ ११ गते। मंगलबार। इश्वी सन् २०१७ जनवरी २४ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– द्वादशी, २६:२१ बजेउप्रान्त त्रयोदशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआफ्ना सूचना बाहिरिनाले समस्या आउला। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। काममा श्रम परे पनि सामान्य लाभ हुनेछ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। आलस्य गर्दा पछि परिनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। रमाइलो यात्राको मौका छ। आफन्तहरूको साथले उत्साह जगाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। प्रतिस्पर्धाले हिम्मत जुटाउला। केही चुनौतीहरू देखिए पनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। समय लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। व्यवसायमा पनि मनग्गे फाइदा हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न हुनेछ। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoहिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। कृषिबाट सामान्य लाभ हुनेछ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविशेष उपहार प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका तथा नयाँ काम सम्पादन गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। छोटो समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआलोचकहरूले सताउनेछन् भने सहयोगीहरू टाढिन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लाभांश कममात्र मिल्नेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा बाधा र मानसम्मानमा आघात पुग्न सक्छ। विगतको श्रमबाट लाभ हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioहिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। भेटघाटले काममा बाधा पुर्याउला। आश्वासन दिनेहरूले झुक्याउलान्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। शुभचिन्तकहरूले आफ्ना कमजोरी औंल्याउन सक्छन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusफाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। साथीभाइसँग असमझदारी बढ्ला। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआम्दानी रोकिनाले योजना स्थगन गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने हुन सक्छ। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। नसोचेको अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले मेहनतको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन् भने सामान्य मित्रता पनि दिगो परिवर्तनको संवाहक बन्न सक्छ। प्रतिष्ठा कमाउने बेला छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesचुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्लान्। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्नुहोला, लगनशीलताले पछि उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)