नेपालमा धेरैजसोले विवाहपछि मात्र यौनसम्पर्क स्थापित गर्छन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ । तथापि सहरीकरण, औद्योगीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौनसम्बन्ध राख्ने घटना बढ्न थालेका छन् । त्यसैले पहिलो यौनसम्पर्क र सुहागरात ९मधुरात्रि० को यौनसम्पर्क अलिकति फरक छ ।

किशोरावस्थामा पुगेसँगै विशेषतस् विपरित लिङ्गीसँग यौनसम्पर्क राख्ने चाहना हुन्छ । वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौनसम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता प्राप्त हुँदैन ।

विवाहपूर्व यौनसम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने हुनाले विशेषतस् प्रेमिल सम्बन्धमा रहेका जोडीले लिङ्ग–योनि सम्पर्कलाई विवाहपछिका लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ, तैपनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौनसम्पर्क राख्न नसकिने भने होइन ।मानिस आपैंmमा कौतूहलपूर्ण प्राणी हो, ऊ सदैव नौलो वा नयाँ अनुभव सँगाल्न चाहन्छ । यस क्रममा पहिलो पटकको यौनसम्पर्क आफ्ना प्रेमी–प्रेमिका, चिने जानेका वा व्यवसायिक यौनकर्मीसँग हुनसक्छ ।

उचित यौन शिक्षा एवं प्रजनन् अङ्गको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौनसम्पर्क धेरैजसाका लागि त्यति सफल र सुखदायी हुँदैन । डर, त्रास, हतार, हतास स्थिति, गोप्यताको अभाव तथा असुरक्षित वातावरणमा यौनसम्पर्क राख्नुपर्दा यौनसम्पर्कपूर्वको तयारीमा खासै ध्यान जाँदैन । सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ ।

सम्भोग व्यवस्थापन

तनावरहित अवस्थामा मात्र यौनसम्पर्क गर्ने । अनावश्यक दबाबका बेला यौनसम्पर्क नराख्ने । गोप्यताको निश्चितता तथा एकान्त वातावरणमा मात्र यौनसम्बन्ध राख्ने । हतार वा थकानपछि क्रमशस् शीघ्र वा ढिलो स्खलनको समस्या हुन सक्छ, त्यसैले यथेष्ट आरामपछि पाक्क्रीडामा पर्याप्त समय दिई यौनकार्य गर्ने । यौनक्रीडाका लागि सफा एवं हावा चलखेल भएको स्थान छान्ने । थप मादकता दिने हुनाले राम्रो हल्का संगीत बजाउने । त्यसैगरी दुवैका लागि स्वीकार्य परफ्युम लगाउने । मधुरो प्रकाशको व्यवस्था गर्ने । डर, चिन्ता तथा थकान मेटाउने हुनाले दुवैले हल्का मद्यपान गर्ने । यौनकार्यको केही घण्टा अघि नै हल्का मिष्ठान्न भोजन गर्ने । यौनकार्य अघि–पछि शारीरिक सरसफाइमा ध्यान पुर्‍याउने ।

पहिलो पटकको यौनसम्पर्कका बेला पुरुष यौन साथीमा लिङ्ग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुनसक्छ भने महिला यौन साथीमा गर्भ रहला कि, यौनसम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टि प्राप्त गर्न गाह्रो हुन्छ । यस्तो परिस्थितिमा पहिलो यौनसम्पर्कका क्रममा योनिच्छद च्यातिई हल्का रक्तश्राव वा रगत मिसिएको योनिश्रावले थप त्रास उत्पन्न गर्छ ।

मानव यौन प्रतिक्रिया चक्रका सम्पूर्ण चरणहरू, यौन संवेदनशील अङ्गहरू, पाक्क्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय दिई यौनसम्पर्क नगरिँदा तालमेल नमिली दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । यसरी पहिलो गाँसमै ढुंगाको अनुभव सँगाल्नुपर्ने हुन्छ । यसैगरी सुरक्षित यौन, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोध तथा गर्भपतनको कानुनी मान्यताको पर्याप्त जानकारी नहुँदा डरै डरमा यौनसम्पर्क राख्नुपर्ने हुन्छ । विभिन्न आसनको उपयोग, योनिमार्ग तथा पुरुष लिङ्ग चिप्लो बनाउने विधिको जानकारीको अभावमा यौनकर्म कष्टप्रद हुन्छ ।

यौनजोडीबीच आपसमा आफ्नो यौनचाहना, यौनेच्छा साटासाट नगरे वा एकले अर्कालाई यौनकार्यमा सहयोग नगरे पहिलो पटकको यौनसम्पर्कमा शारीरिक पक्ष बढी हाबी हुन सक्छ, अर्थात् यौनकार्य केवल यान्त्रिक मात्र हुन सक्छ तर सफल सम्भोगमा मानसिक पक्षको भूमिका पनि उत्तिकै हुन्छ । विवाह इतरको यौनसम्बन्धमा विशेषतस् महिला यौन साथीको गोप्यताको उच्च कदर गर्नु पर्छ । मुख्यतस् आफ्नै प्रेमिका वा परिचित व्यक्तिसँग पहिलो पटकको यौनसम्पर्कपछि निरन्तर सम्पर्कमा रहनुपर्छ । यस क्रममा महिनावारी, यौनाङ्गमा पीडा वा कुनै यौन समस्या वा पहिलो पटकको यौनसम्पर्कपछि कुनै तनाव, पिर, चिन्ता तथा उदासीपन छरछैन बुझ्नुपर्छ । कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौनसाथीलाई भरपुर सहयोग गर्नुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने ढाडस दिनुपर्छ ।

यस्तो कार्य अभिभावकले थाहा पाएको खण्डमा गालीगलौज गर्ने, डर त्रास देखाउने भन्दा पनि आफ्ना सन्तानलाई निश्चिन्त बनाई तिनीहरूलाई परेको समस्याको समाधान गोप्य तवरले गरिदिनुपर्छ । यसबाट पाठ सिकी भविष्यमा नैतिक मूल्य–मान्यता कायम राख्न सल्लाह दिनु पर्छ । पहिलो पटकको यौनसम्पर्क तुलनात्मक रूपमा असुरक्षित हुन सक्छ । त्यसैले सदैव सुरक्षित सेक्सको पालना गर्नुपर्छ ।