एउटा चलचित्र हिट भयो भने कलाकारले आफ्नो पारिश्रमिक बढाउनु अनौठो होइन । किनकी बजारमा उक्त कलाकारको माग ह्वात्तै बढ्न थालेपछि पारिश्रमिक आफैले बढाउनु पर्दैनन् निर्माताहरु नै यति दिन्छु र उति दिन्छु भन्दै घरको ढोका ढकढकाइरहन्छन् । यस्तै अहिले नेपाली सिने बजारमा एक नायिकाको पारिश्रमिक सुनेर निर्माताहरु नै तर्सिरहेका छन् ।

ति हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । आफ्नो मार्केट हुँदा आर्यन सिग्देलले समेत नमागेको रकम अहिले यी अभिनेत्रीले निर्माताहरुसँग माग गर्ने गर्छिन । अनमोल केसी स्टारर चलचित्र ‘ड्रीम्स’ बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञीको अहिले फ्यान फलोइङ गज्जबकै छ । त्यसैले त उनले यसको फाइदा उठाउँदै चलचित्रका लागि चर्को पारिश्रमिक लिने गरेकी छिन् । यसै बर्षको चैतमा उनी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आउँदैछ । साम्राज्ञीले यो चलचित्रमा काम गर्न कति पारिश्रमिक लिएकी थिइन भन्ने कुरा बाहिर नआएपनि उनले ५ लाख पारिश्रमिक माग गरेको खबर छ । साम्राज्ञीले माग गरे अनुसारकै रकम निर्देशक झरना थापा र निर्माता सुनिल थापाले दिए वा दिएनन् त्यो भने खुलेको छैन । तर, हालैमा उनले चलचित्र ‘तिमीसँग’ का लागि ३ लाख पारिश्रमिक लिएको खबर बाहिर आएको छ ।

उनले माग त ५ लाख कै गरेकी थिइन तर निर्माताले ३ लाख दिन्छु भनेपछि साम्राज्ञीले खुसी(खुसी चलचित्र साइन गरिन् । यसबाटै थाहा हुन्छ चलचित्र ‘ए मेरो हजुर २’ मा साम्राज्ञीले ३ लाख भन्दा मूनीमै काम गर्न राजी भएकी थिइन । खबर त बजारमा यो पनि छ कि पहिलो चलचित्र ‘ड्रीम्स’ मा साम्राज्ञीले विना पारिश्रमिक काम गरेकी थिइन । यो बजारको हल्ला मात्र हो तर यर्थाथ के हो त्यो कि साम्राज्ञीलाई थाहा होला कि ‘ड्रीम्स’ का निर्देशक एवं निर्माता भुवन केसीलाई नै  ।