वि.सं. २०७३ साल माघ १३ गते। बिहीबार। इश्वी सन् २०१७ जनवरी २६ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– चतुर्दशी, २९:११ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesनयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusस्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना घरेलु काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। सवारीसाधन चलाउँदा पनि सावधानी अपनाउनुहोला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiविभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ। व्यापारमा मनग्य लाभ लिने समय छ। व्यवसायले यात्रा गर्ने अवसर समेत दिलाउन सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerचुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoहल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoबेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। परिवारमा आमाको माध्यमबाट लाभ मिल्नेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraछोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioआत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusआफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornआकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusमेहनत गर्दा नयाँ काम फेला पर्नेछ। कृषि, पशुपालनमा आदिमा सामान्य फाइदाकै समय छ। तर रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। सामान्य आम्दानीले तत्कालको खाँचो भने टर्नेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)