धनकुटा/ धनकुटा नगरपालिका वडा नं.७ स्थित् त्रिवेणी माध्यामिक विद्यालयमा राष्ट्रिय जनमुक्ति पार्टी निकट नेपाल विद्यार्थि मोर्चाको प्रथम इकाई सम्मेलनले प्रताप सिंह राईको अध्यक्षतमा २१ सदस्यीय समिति वुधवार गठन गरिएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी निकट नेपाल विद्यार्थि मोर्चाका केन्द्रिय सह–अध्यक्ष प्रवेग हाङ्गश्रोङ्गको प्रमुख आतिथ्य, उपाध्यक्ष टेकराज तुम्वापो र उप–महासचिव राजन पन्धाक लिम्वुको विशेष आतिथ्यमा सम्पन्न इकाई सम्मेलनले उपध्यक्षमा विनु लिम्वु (इवा), सन्जिता राई, सचिवमा अन्वेल घले मगर, सह–सचिवमा विपशना राई र कोषाध्यक्षमा संगिता भट्टराइलार्ई चयन गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति धनकुटाको स्थानिय संयोजनमा सम्पन्न त्रिवेणी माध्यामिक विद्यालको प्रथम इकाई सम्मेलवाट सदस्यहरुमा पुजा मोक्तान तामाङ, लक्ष्मी राई, एलिसा राई, पुनम राई, विचित्रा राई, हेन्साङ्ग डि.लामा, धनराज राई, संगम राई, मनिल कुमार राई, रोजिना राई, कोमल डंगोल, मनिषा राई, रुपेश राई, योगेन्द्र न्यौपाने र मेरी विश्वकर्मा चयन भएका छन् । नेपाल विद्यार्थि मोर्चाका केन्द्रिय सह–अध्यक्ष प्रवेग हाङ्गश्रोङ्गको अध्यक्षतमा सम्पन्न इकाई सम्मेलनमा राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष सविला मोक्तान तामाङ, मोर्चाका केन्द्रिय उपाध्यक्ष टेकराज तुम्वापो, उप–महासचिव राजन पन्धाक लिम्वु लगायतले आजको विद्यार्थि भोलि देश चलाउने कर्णधार भएकाले विद्यार्थि संगठन निर्माण गर्न आवश्याक औल्याउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।