बिर्तामोड / प्रहरीले बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलाई नक्कली प्रमाणपत्र लिई चिकित्सा पेशा गरेको आरोपमा दायर गरेको मुद्दामा गिरीले सफाई पाएका छन्
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले मंगलबार डा. गिरीलाई सफाई दिएको हो । न्यायधीश कृष्ण मुरारी शिवाकोटीको एकल इजलासले डाक्टर गिरीलाईसफाई दिएको हो ।
‘डा. गिरीले बंगलादेशबाट एमवीवीएस र फिलिपिन्सबाट एमडी गरी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गरी रीतपूर्वक चिकित्सकको रुपमा दर्ता प्रमाणपत्र लिएको देखिएकाले निजले सफाई पाउने ठहर छ’– डा. गिरीलाई अदालतले दिएको सफाई फैसलामा उल्लेख छ ।
०७२ फागुन १९ गते बिर्तामोड–६ निवासी ३८ बर्षीय डा. गिरीलाई नक्कली प्रमाणपत्र लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
वीएण्डसी अस्पताल र मेडिकल कलेज सञ्चालनमा अवरोध पु¥याउन डा. गिरीलाई फसाउने षड्यन्त्र गरिएको भएपनि असफल भएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जिकिर गरेका छन् । उनले अदालतको फैसलाले मेची अञ्चलवासीले वीएण्डसीबाट गुणस्तरीय स्वास्थ्य सेवाका साथै मेडिकल शिक्षा पाउने कुरामा उत्साह थपिएको बताएका छन् । बिएण्डसिका डा.गिरीलाई सफाई
बिर्तामोड / प्रहरीले बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलाई नक्कली प्रमाणपत्र लिई चिकित्सा पेशा गरेको आरोपमा दायर गरेको मुद्दामा गिरीले सफाई पाएका छन्
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले मंगलबार डा. गिरीलाई सफाई दिएको हो । न्यायधीश कृष्ण मुरारी शिवाकोटीको एकल इजलासले डाक्टर गिरीलाईसफाई दिएको हो ।
‘डा. गिरीले बंगलादेशबाट एमवीवीएस र फिलिपिन्सबाट एमडी गरी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गरी रीतपूर्वक चिकित्सकको रुपमा दर्ता प्रमाणपत्र लिएको देखिएकाले निजले सफाई पाउने ठहर छ’– डा. गिरीलाई अदालतले दिएको सफाई फैसलामा उल्लेख छ ।
०७२ फागुन १९ गते बिर्तामोड–६ निवासी ३८ बर्षीय डा. गिरीलाई नक्कली प्रमाणपत्र लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
वीएण्डसी अस्पताल र मेडिकल कलेज सञ्चालनमा अवरोध पु¥याउन डा. गिरीलाई फसाउने षड्यन्त्र गरिएको भएपनि असफल भएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जिकिर गरेका छन् । उनले अदालतको फैसलाले मेची अञ्चलवासीले वीएण्डसीबाट गुणस्तरीय स्वास्थ्य सेवाका साथै मेडिकल शिक्षा पाउने कुरामा उत्साह थपिएको बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।