वि.सं. २०७३ साल माघ १८ गते। मंगलबार। इश्वी सन् २०१७ जनवरी ३१ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्थी, २७:४५ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesमेहनत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामबाट सामान्य लाभ मिल्नेछ। विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। तर, ऋणभार भने बढ्ने सम्भावना छ। साँझदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusआफ्नै बेहोसीले काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। व्यापारमा लाभांश कममात्र मिल्नेछ। नयाँ योजनामा समय पर्खनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ भने आम्दानी बढ्ने काम प्रारम्भ गर्ने मौका छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiअरूका काममा समय खर्चनुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि धेरैले साथ दिनेछन्। जिम्मेवारी समेत हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने समय छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerकाम बिग्रने भयले सताउनेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoव्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। साँझदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoभौतिक साधनमा लगानी परे पनि मेहनत गर्दा दिगो फाइदा जुट्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। संघर्षपश्चात् अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत पाइनेछ। तर, अरूका विषयमा चासो लिने बानीले समस्या निम्त्याउला। आफ्ना सूचना बाहिरिनाले दुस्ख पाइनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraसमयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दुस्ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। साँझदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। साँझदेखि बाधाहरू स्वत: हट्नेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा दिगो फाइदा हुनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusछिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउला। अवसर आए पनि काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्नेछन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिन सक्छन्। चिताएको काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। साँझदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusमेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तर, अरूको विषयमा चासो लिँदा समस्या उत्पन्न हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। तापनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। काममा आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले उत्साह जगाउनेछ। (नेपाली पात्रो)