वि.सं. २०७३ साल माघ १९ गते। बुधबार। इश्वी सन् २०१७ फेब्रुवरी १ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, २६:०९ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आम्दानी बिगार्नेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusमेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा लाभ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiपुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerविभिन्न अवसर आउनुका साथै चुनौतीसमेत देखा पर्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अरूको स्वार्थमा खटिनुपरे पनि फाइदा आफूलाई हुनेछ। लगनशीलताले पदीय जिम्मेवारी दिलाउन सक्छ। आफ्ना लागि समय दिन नसकिए पनि काम देखाएर सहयोग जुटाउन सफल भइनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoसमयमै सजग नहुँदा नचिताएको समस्या देखिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoप्रयत्न गर्दा प्रशस्त फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिने सम्भावना छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। व्यवहारमा नैतिक संकट भने देखापर्न सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraभौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioबौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusसाझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornसाहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusआम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्नेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesबिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। आवश्यक पर्दा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धनलाभ हुने समय छ। (नेपाली पात्रो)