वि.सं. २०७३ साल माघ २२ गते। शनिबार। इश्वी सन् २०१७ फेब्रुवरी ४ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– अष्टमी, १९:४९ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसरले पछ्याए पनि भेटघाटको अलमलले काममा बाधा पुग्नेछ। सोचेको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। प्रयास गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आम्दानीका स्रोत फेला पर्नेछन्। कृषि, पशुपालनमा आदिमा सामान्य फाइदाकै समय छ। तर रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउला। सरसापटमा पनि धन बाहिरिने समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। मनग्य आम्दानी नहुनाले आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बेसुरमा अरूलाई वचन दिने बानीले आफैंलाई दुःख दिनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिहिनेत गर्दा भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) पुरुषार्थी काम प्रारम्भ हुनेछ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नैले समस्या निम्त्याउनेछन्, साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका काममा जग बसाउने मौका छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुहोला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) बलजफ्तीले पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। आम्दानी कम भए पनि विभिन्न भौतिक साधन प्राप्तिको योग छ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि परिश्रमीहरूका लागि समय उत्साहजनक रहनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सूचना बाहिरिने हुँदा आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मेहनतले काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। तर आफ्ना विषयवस्तुमाथि अरूले अधिकार जमाउन सक्छन्। सहयात्रीहरूले पनि सताउन सक्छन्। पेटको खराबीले कमजोर भइनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। मेहनतसाथ रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। मनको डरले सताए पनि व्यवहारमा लाभ हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, चिताएको उपलब्धि प्राप्त हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। (नेपाली पात्रो)