वि.सं. २०७३ साल माघ २३ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– नवमी, १७:२७ बजेउप्रान्त दशमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लगनशीलताले छिटै उपलब्धि दिलाउनेछ। प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचार तथा अभिव्यक्तिको बलमा फाइदा उठाउन सकिनेछ। बोलीको भरमा काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। प्रयास गर्दा चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले सहयोग जुटाउनेछन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिहिनेतको फल प्राप्त हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि लाभ हुनेछ। दिगो काममा लगानी गर्ने मौका जुट्नेछ। तर लाभांश बाहिरिनाले अर्थअभाव देखा पर्नेछ। भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
जिम्मेवारी प्राप्त भए पनि तत्काल कार्यसम्पादन गर्न नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नै सहयोगीले धोका देलान्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सामाजिक नेतृत्व गर्दै प्रतिनिधिमूलक यात्रा गर्ने अवसर जुट्न सक्छ। पछि फाइदा हुने काम हात पार्ने मौका छ। दाम, नाम र इनाम समेत हातपार्न सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आवेशमा निर्णय लिँदा समस्यामा परिनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले केही काम बनाउन सकिनेछ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा अरूले साथ दिनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। चिताएको कर्मफल प्राप्त हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अधिकारका लागि संघर्षमा जुट्नुपर्ने हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आँटले काम बन्नेछ भने बुद्धि लगाउँदा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सहपाठीहरूलाई पछि पार्दै प्रशस्त फाइदा उठाउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
जिम्मेवारी प्राप्त भए पनि स्रोत–साधन अभावले काममा विलम्ब हुनेछ। ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। पुरानै समस्याले अप्ठ्यारोमा परिएला। सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राखी साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। (नेपाली पात्रो)