वि।सं। २०७३ साल माघ २६ गते। बुधबार। इश्वी सन् २०१७ फेब्रुवरी ८ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वादशी, १०स्४४ बजेउप्रान्त त्रयोदशी।उपप्रा।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनतले मनग्य आम्दानी दिलाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। मनग्गे धन आर्जन हुनुका साथै विभिन्न भौतिक साधन समेत प्राप्त हुनेछन्। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ। विभिन्न अवसरले पछ्याए पनि मौकाको लाभ उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधाले निर्णायक क्षमतालाई कमजोर तुल्याउनेछ। केही समस्या देखिए पनि विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। (नेपाली पात्रो) मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiसाथ दिनेहरू फेला पर्नेछन्। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौतीसमेत झेल्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा पछिका लागि फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सापट लिएको धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। सोचेको लाभ नभए पनि मेहनत गर्दा सामान्य फाइदा हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। पुरुषार्थी कामले धेरै प्रभावित हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। सञ्चित सम्पत्तिको प्रयोगबाट पनि लाभ मिल्नेछ। नोकरीमा ख्याति र व्यापारमा मनग्य फाइदा हुनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। केही समय अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। लेनदेनमा पनि विवाद हुने सम्भावना छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। केही आम्दानी पनि बढ्नेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। विवादबाट टाढै बस्नुहोला। सोचेजति लाभ भने नमिल्न सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले समस्या निम्त्याए पनि सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मेहनतले मनग्य आम्दानी समेत दिलाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा समस्या निम्त्याउन सक्छ। बेलैमा सजग नबन्दा व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। मान्यजनसँग असमझदारी बढ्ने सम्भावना छ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा सामान्य लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)