वि.सं. २०७३ साल फागुन १६ गते। सोमवार। इश्वी सन् २०१७ फेब्रुवरी २७ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– प्रतिपदा, १९:५३ बजेउप्रान्त द्वितीया। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) व्यापार व्यवसायमा घाटा व्यहोर्नु पर्नेछ । समूह बीचमा पूmटको सृजना हुनेछ । ख्यालठट्टाले ठूलो रुप लिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्थान प्राप्तिको योग छ । नयाँ ठाउँमा नयाँ व्यवसायको थालनी हुनेछ । धेरैको सहयोग र समर्थन मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यवसाय सञ्चालनका लागि धेरै चुनौती थपिनेछन् । सहयोगीले साथ छाड्नेछन् । आफन्त, परिवारले साथ दिने छैनन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुखद समाचारले मनलाई प्रशन्न गराउनेछ । आफन्तको सहयोग राम्रो मिल्नेछ । आर्थिक क्षेत्र सामान्य रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पैतृक सम्पत्ति प्राप्त हुनेछ । कृषिजन्य व्यापारमा नाफा दखिंदैन । भोजभतेरमा सहभागी बन्नु हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मान–सम्मान मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आफन्तको सहयोगले महत्वपूर्ण योजनामा सफलता मिल्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको प्रभाव बढ्नेछ । बोलीकै भरमा ठूल्ठूला कामहरु बन्नेछन् । बिशिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार–व्यवसाय वृद्धि हुनेछ । आफन्तको सहयोगले नयाँ उद्योग थालनी हुनेछ । आयआर्जनको नयाँ स्रोत मिल्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यापार व्यवसायमा नाफा हुने छैन । कडा परिश्रम गर्नुपर्दा शरीरमा आलस्यता बढ्नेछ । यात्रा निरर्थक बन्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) लामो यात्रा गर्न र लेनदेन व्यवहार गर्न समय पर्खनु पर्नेछ । व्यापार–व्यवसायमा खासै नाफा देखिंदैन । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कर्म प्राप्तिको योग छ । व्यवसायमा सोचेको लाभ मिल्नेछ । पुरानो व्यवहार मिल्नेछ । आयआर्जन वृद्धि हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरमा माङ्गलिक कार्यमाहरु सम्पन्न हुनेछन् । धार्मिक एवं सामाजिक कार्यमा सहभागी बन्नु हुनेछ ।