वि.सं. २०७३ साल फागुन १८ गते। बुधवार। इश्वी सन् २०१७ मार्च १ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, १६:५८ बजेउप्रान्त चतुर्थी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesफाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। साथीभाइसँग असमझदारी बढ्ला। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusपछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। विभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। साझेदारीमा पनि लाभ हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउने समय छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiकामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। रचनात्मक काम सुरु गर्ने समय छ। विगतको सफलताले हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerअरूका लागि जुट्नुपरे पनि बिस्तारै फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। तर बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिएला। मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। आजको प्रयत्न निष्फल जस्तै होला। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुहोला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoरमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। बेसुरमा अरूलाई वचन दिने बानीले भने दुःख पाइनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraमेहनतीहरूका लागि दिन निकै फाइदाजनक रहनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि मेहनतको पाठ सिकाउन सकिनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioमेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनत गर्दा व्यावसायिक काममा समेत राम्रै फड्को मार्न सकिनेछ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusअस्वस्थताले आफूलाई कमजोर अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornमेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusबोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesसहयोगीहरू प्रशस्तै भेटिनाले काममा आत्मबल बढ्नेछ। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। (नेपाली पात्रो)