२०५८ साल जेठ १९ गते नेपाली शाहवंशको एउटा पुस्तानै समाप्त हुने गरी एउटा हत्याकाण्डको मञ्चन हुन पुग्यो । सो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको परिवारनै समाप्त भएको थियो । नारायणहिटी दरबार हत्याकाण्डको रुपमा चर्चित सो घटनाको रहस्य अझै पनि बाहिर आउन सकेको छैन् । हत्याकाण्डमा राजा बीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र लगायतका राजपरिवारका सदस्यहरुको निधन भएको थियो । प्रस्तुत छ, रहस्यमय सो हत्याकाण्डमा मारिने राजा बीरेन्द्र र उनका पारिवारिक,सामाजिक र राजनीतिक क्रियाकलापको फोटो फिचर ।
















