धरान/नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि सरकारले कार्य सम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको छ ।

सोमबार अपराह्न तीन बजेपछि बसेको मन्त्रिपरिषद्को बैठकले कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको एक मन्त्रीले जानकारी दिए । ‘सर्वाेच्च अदालतको आदेशअनुसार गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख राखेर कार्यसम्पादन नम्बर पेश गर्ने समिति बनाइएको छ,’ ती मन्त्रीले भने– ‘अर्काे बैठकमा नियुक्तिको निर्णय हुन सक्छ ।’

उनका अनुसार बैठक अहिले १५ मिनेटका लागि स्थगित भएको छ । आजै बस्ने अर्काे बैठकमा गृह मन्त्रालयबाट कार्य सम्पादनको नम्बर पेश हुनेछ ।

गृह मन्त्रालयका अनुसार तीन वर्षे कार्यसम्पादनमा डीआईजी नवराज सिलवाल अगाडि छन् भने चार वर्षेमा प्रकाश अर्याल अगाडि छन् ।

सर्वाेच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई आईजी बनाउने सरकारको निर्णय खारेज गर्दै कार्यसम्पादन अनुसार योग्य व्यक्तिलाई आईजी बनाउन आदेश दिएको थियो । त्यसयता आईजी कसलाई बनाउने भन्ने अन्योल कायम छ