काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन गाविस सचिव भट्टराईले आव २०६५-०६६ देखि आव २०७०-०७१ सम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गलत भर्पाई तयार पारेको, बद्नियतपूर्वक हिनामिना गरेको र गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिकिर गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।