काँकडभिट्टा/ काँकडभिट्टाको एक होटलबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयले पुरानो एस के होटेलबाट भारतीय नागरिकसहित एक युवतीलाई पक्राउ गरेको हो । भारत बिहारका २५ वर्षीय लक्षी अलि र बिर्तामोडकी २९ वर्षीया महिलालाई आपत्तिजनक अवस्थामा समातिएको इलाका प्रहरी कार्यालयका प्रमुख दुर्गाराज रेग्मीले बताए । उनीहरूलाई देह व्यापार अन्तर्गतको सार्वजनिक मुद्दा चलाउने रेग्मीले बताए ।
होटलबाट एक जोडी समातिए
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































