तरहरा /इटहरीको जनता बहुमुखी क्याम्पसमा प्रशासनको चरम लापरवाहीकै क्याम्पस लथालिङ्ग हुदै गएको भन्दै नेपाल विद्यार्थी संघले आन्दोलनको घोषणा गरेको छ ।

नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई कमिटिले उठाएको मागको वेवस्ता गरेको भन्दै विद्यार्थीहरुले मगलबार क्याम्पस प्रशासन घेराउ गरेका छन ।  क्याम्पसमा नियमित हाजिरी नहुने, निजी कलेजका सञ्चालकहरुलाई क्याम्पसको महत्वपूर्ण संकाय प्रमुखको जिम्मेवारीको सिफारिस गरिएको भन्दै सच्याउन माग गरिएको छ । नियमित हाजिरीको व्यवस्था गरिनुपर्ने, निजी कलेजका सञ्चालकहरुलाई क्याम्पसको महत्वपूर्ण संकायको जिम्मेवारी दिन नहुने, क्याम्पसको छाप र प्रमुखको हस्ताक्षर दुरुपयोगको विषयलाई चाँडो निर्णय गरी दोषीलाई कारबाही गरिनुपर्ने र क्याम्पसको सरसफाईमा विशेष ध्यान दिनुपर्ने लगायतको माग राख्दै नेविसंघ जनता क्याम्पसका कार्यवहाक सभापति विनय बाराकोटीले जनाए ।

क्याम्पसमा देखिएका समस्या समाधान गर्न पटक पटक गरिएको प्रयासहरुमा क्याम्पस प्रशासन मौन वस्दै आएको भन्दै मगंलवार विद्यार्थीहरुले क्याम्पस प्रमुख निरकुमार राईको कुर्सीमा ढुंगा राखेर विरोध जनाएका हुन । उनीहरुले आर्थिक स्तर कमजोर भएका साथै पहाडी जिल्लाहरुबाट विद्यार्थीहरु अध्ययनमा लागि यहाँ आउने गरेको भन्दै सवारी साधनको ब्यवस्था गरीनु पर्ने, क्याम्पस प्रशासनमा क्षेत्रमा सिसि क्यामरा जोड्नु पर्ने,पुरा समय पढाई हुनु पर्ने माग  नेविसंघले राखे पनि वेवस्ता गरेको कारण आन्दोलनमा उत्रिएको कार्यवहाक सभापति बाराकोटीले वताए ।

करीब २० दिन अघि कलेजका कक्षाकोठामा गएर समस्या संकलन अभियान चलाएको थियो । त्यसको भोली पल्ट विद्यार्थीको समस्याको वारेमा क्याम्पस प्रशासनसंग समस्याको विषयमा राखेको क्याम्पस प्रमुखले मागको वेवस्ता गदै आएको वताए । फिंगर प्रिण्ट हाजीरी,विद्यार्थीहरुले पुस्तक पाउँनु पर्ने,सरसफाई गरीनु पर्ने,विद्यार्थीहरुलाई सवारी साधनको ब्यवस्था गरीनु पर्ने ,लाईवेरीमा पुस्तक पाउँनु पर्ने,माग राख्दै आएको विद्यार्थीहरुले चाडो माग पुरा नभए बैशाख ४ गते देखि क्याम्पसमा अनिश्चित काल तालाबन्दी गरीने विद्यार्थीहरुले जनाएको छन ।

यता जनता क्याम्पस प्रमुख निरकुमार राईले सञ्चालक समितिको वैठक नबसेको कारण माग पुरा हुन नसकेको वताए । ‘‘ म अहिले वाहिर छु खै के के माग हो  । सञ्चालक समितिको बैठक पछि उनीहरुको मागको वारेमा छलफल हुन्छ’’ उनको भने । तर क्याम्पस प्रमुख राई भने समयमा क्याम्पस नआउँने,आए पनि समय अवधीभर नवस्ने गरेकाेले क्याम्पस प्रशासन कमजोर भएको भन्दै विद्यार्थीहरुले आपत्ती जनाएको हुन ।