पथरी/ मिक्लाजुङ-१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन् ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको वीपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियो । पाँच लाखको चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन ।

तीनलाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहेका छन् । ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु’, उनले भनेका छन् ।