पर्सा/बीरगञ्जमा एक महिलामाथि गोली प्रहार भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बीरगंज उपमहानगरपालिका–१७ ठुलोपिपरा बस्ने २५ बर्षीया निरु पटेल मंगलबार गोली प्रहारबाट घाइते भएकी हुन् ।
श्रीमान धिरेन्द्र पटेलसँगै आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित ब्यक्तिले झ्याल बाहिरबाट गोली प्रहार गर्दा गोली लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंज लगिएको छ ।
गोली प्रहार गर्ने फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।