गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ११ सङ्गम टोलका एक युवकको आज ३ः०० बजे स्थानीय चप्पन खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ । चप्पन खोलामा पौडी खेल्दा मृत्यु हुने युवा गाईघाट सङ्गमटोल बस्ने १९ वर्षीय सुमन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । भट्टराई गर्मी भएका कारण साथीसँग पौडी खेल्न खोलामा गएर दहमा प्रवेश गरेका थिए । पौडी खेल्न नजान्ने भट्टराई दहमा डुबेर बेहोस भएका थिए । दहबाट साथीले निकालेर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको प्रहरीले छ । रासस