काठमाडौं/ सरकारले घरेलु कामदारलाई पठाउन रोक लगाएको प्रति ओमान नेपाली एकता समाजले आपत्ति जनाएको छ । समाजले वक्तव्य जारी गर्दै घरेलु कामदारलाई श्रम स्वीकृति नदिनुभन्दा पनि दलाललाई कारबाही गर्नु पर्ने जनाएको हो ।
वक्तव्यमा भनिएको छ ‘नेपालकै विमानस्थलबाट दलालले कमिशनमा महिलालाई बेचिरहेका छन्, ती अपराधीलाई कानूनि दायरामा ल्याउन छाडेर श्रम स्वीकृति बन्द गरिनु लजस्पाद कार्य हो । यसरि रोजगारीबाट बञ्चित गराउनु गरिखाने महिलामाथि अन्याय हो ।’ नयाँ जाने कामदार बढि समस्यामा परिरहेकोले उनीहरुलाई कडाइ गर्नु राम्रो भएपनि घर विदामा गएर फर्किनेहरु राम्रो भएकैले फर्किने भएकाले उनीहरुलाई रोक्न नहुनेमा समाजको जोड छ । विदामा घर गएर फर्किने महिलालाई तत्काल पुन श्रम स्विकृति दिन माग गरेको छ ।