[caption id="attachment_40327" align="alignleft" width="445"] अन्जु[/caption]

मिरपुर/ ( पाकिस्तानका सिन्ध प्रान्तका सरकार गठन भएको तीन महिना बितिसकेपनि त्यहाँ रहेका अल्पसंख्यकहरुको सुरक्षार्थ बनाइएको बिल पास गर्न सकिरहेका छन् । यो बिल क्रिमनल कानून २०१५ सरकार एसेम्बलीमा पेश गर्न विफल रहेका छन् ।

सिन्ध प्रान्तको एसेम्बलीमा यस विधेयकको मस्यौदालाई गतबर्ष सर्वसम्मतिले पारित गरेको थियो । तर त्यहाँका कट्टरपन्थी धार्मिक समूहले विरोध गरेपछि विधेयकमा संशोधनको आवश्यकता रहेको भन्दै बिल फिर्ता लिइएको थियो ।

अधिकांश सांसदका अनुसार सिन्ध सरकारको एक रुढीवादी समूहको दबाबमा सरकारले उक्त बिलमाथि थप चर्चा शुरु गरेको बताएका छन् भने यस विधेयकमाथि पाकिस्तानमा शंका उत्पन्न भएको छ ।

विशेषज्ञका अनुसार सरकारका तर्फबाट यस बिललाई फिर्ता लिने निर्णयले पाकिस्तानमा संसदीय र असंसदीय तत्वबीच शक्ति टकराव भएको छ जसले अल्पसंख्यकमाथि वेवास्ता गरिँदैछ ।अल्पसंख्यक समूहको अधिकारका बारेमा लडिरहेकी सामाजिक कार्यकर्ता राधा बहेलका अनुसार मिरपुर जिल्लामा गत तीन महिनादेखि तीन हिन्दूधर्मावलम्बी महिलाहरुलाई जर्बजस्ती धर्म परिवर्तन गराइएको घटना सार्वजनिक भएको छ ।

बीबीसीसँग कुरा गर्दै उनले भनिन् ‘अब हामी विश्वस्त भएका छौं कि हिन्दू महिलाहरु सुरक्षा मिल्नेछ ,इस्लामको नाममा अल्पसंख्यक समुदायका महिलाहरुको अपहरण गरेर जर्बजस्ती विवाहको लागि धर्म परिवर्तन गराउनेमाथि सजाँय हुनेछ । तर सरकारले यस विधेयकलाई फिर्ता लिने निर्णय गरेपछि भने गैर मुस्लिम महिलाहरुको जीवन थप पीडादायी बनेको छ । यसबाट त्यहाँ रहेका हिन्दूधर्मावलम्बीहरु निराशको साथसाथै थप आक्रान्त बनेका छन् ।’ राधा भन्छिन् ‘ हिन्दूहरु आफ्नो अधिकार सरकारसँग माग्न सक्छन् र यदि सरकार यी शक्तिसँग घुँडा टेकेर हार मान्ने हो भने गैर मुस्लिम महिलामाथि हुने अत्याचारलाई रोक्ने क्षमता कसैसँग हुन्न । ’

मिरपुरबाट डेढघण्टाको दूरीमा रहेको एक गाउँ निवासी अन्जु मुसलमान अपहरणकर्ताबाट हिंसाबाट पीडित भएर घर फर्केकी छिन् ।

अन्जुलाई पाँच मुसलमान पुरुषले अपहरण गरेका थिए । उनलाई केही महिना कैदमा राखेर उनीहरुले धर्म परिवर्तनको प्रस्ताव राखेका थिए । यस घटनामा अदालतको आदेशपछि मात्रै उनी घर फर्किन सकेकी हुन् । अन्जुले भनिन् ‘ आमासँग म घाँस काट्न खेतमा गएकी थिएँ । त्यतिबेला पाँच व्यक्ति बन्दुक लिएर उनीहरुसँग जान भनेका थिए र नगएमा गोली मार्ने धम्की दिएका थिए ।

म डराउँदै उनीहरुसँग जान बाध्य भएँ र उनीहरुले मलाई निकै टाढा लगेर एकघरभित्र डोरीले बाँधेर राखेका थिए । ’

अन्जुका अनुसार उनलाई तीनचार महिना दिनदिनै पिट्ने गथ्र्यो । उनीहरु भन्थे इस्लाम अपनाउ नभए छोड्दिन तर मैले उनीहरुको निरन्तर प्रतिवाद गर्दै म मरेपनि हिन्दूधर्म नछोड्ने अडान राखेँ अन्जुले भनिन् । ’ पाकिस्तानमा जर्बजस्ती धर्म परिवर्तन गराउने प्रबृत्ति रोक्न सिन्ध प्रान्तको एसेम्बलीमा पाकिस्तान मुस्लिम लिग, एफका सदस्य नन्द कुमारले क्रिमिनल कानून २०१५ पेश गरेका थिए ।

गतबर्ष नोभेम्बरमा यो बिल पारित भएपछि उनीमाथि निकै धम्की आउन थाल्यो । बिल पारित भएपछि आफ्नो ज्यानको खतरा रहेको उनले प्रहरीलाई जानकारी गराएका थिए ।

यतिमात्रै होइन एसेम्बली भित्र र बाहिर पनि रुढीवादी समूह यस विधेयकलाई रोक्नको लागि सडकमा प्रदर्शन समेत गरेका थिए । उक्त प्रदर्शनपछि सिन्ध विधानसभाका सदस्य यसबारेमा कुरा गर्न समेत डराएका थिए ।

विधेयकको विरोधी रहेका इस्लामी नेता शजाउद्दीन शेखले १८ बर्षभन्दा कम उमेरका महिलाहरुलाई इस्लाम धर्म अपनाउन बन्द गर्नु इस्लामको विरुद्ध भएको भन्दै एक मुस्लिमले यो कुरा सहन नसक्ने बताएका थिए । यस बिल मार्फत सर्वसाधारणलाई आफ्नो इच्छा अनुसार इस्लाम धर्म अपनाउन बन्द गरेको भन्दै उनले विरोध जनाएका थिए । यस्तो अवस्था रहेमा अन्जुजस्ता महिलामाथि हुने ज्यादती रोक्न नसक्ने चेतावनी दिएका थिए ।

मुभमेन्ट फोर सोलिडारिटी नामक संस्थाका अनुसार पाकिस्तानमा हरेक बर्ष एक हजार गैर मुस्लिम महिलालाई जर्बजस्ती इस्लाम लाड्न बाध्य पार्ने गरेको बताइएको छ ।

विशेषज्ञका अनुसार यसबारेमा संसदमा रहेका रुढीवादी समूह शक्तिशाली हुँदै आएपछि इस्लामको नाममा गैर मुस्लिम महिलामाथि बलात्कार वा जबर्जस्ती विवाहको घटना बढ्दै गएको बताएका छन् ।