इटहरी /किशोरी तथा बालबालिकाको समस्या समाधानका विषयमा सञ्चारकर्मीसँग विहीबार इटहरीमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना प्लान नेपालको सहयोग र उप्का नेपालको अवसर परियोजनाको सहकार्यमा सो कार्यक्रम भएको हो । इटहरीस्थित कस्तुरी कलेजमा आयोजना गरिएको कार्यक्रममा अधिवक्ता खगेन्द्र ढकालले मनोरञ्जन तथा अन्य क्षेत्रमा किशोरी तथा बालबालिकालाई काममा लगाउँदा दिइनु पर्ने सुविधा र कानुन विपरित कार्य गराउँदा कानुनले बन्देज गराएको विषयमा प्रष्ट पारेका थिए ।
जिल्ला बाल कल्याण समन्वय समितिका अध्यक्ष जगदिशप्रसाद ओलीको प्रमुख आत्थियतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय इटरीका डिएसपी नरेशराज सुवेदी, इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमाल, महिला तथा बालबालिका कार्यालयकी सविता भण्डारी, प्लान नेपालकी टंकमाया लिम्बू, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, पत्रकार याम प्रधान, अर्जुन उप्रेतीलगायतले आफ्ना भनाई राखेका थिए । विशेष गरी मनोरञ्जन क्षेत्रमा किशोरीलाई काममा लगाउँदा शारिरिक तथा मानिसक यातना हुने गरेको पाइएको र त्यस बाट छुटकारा दिलाउन कार्यक्रम गर्दै आएको उप्का नेपाल अवसर परियोजनाका सुपरभाइजर राम नेम्वाङले जानकारी दिए ।