इटहरी/ धनकुटा इटहरी सम्पर्क समाजले इटहरीमा भवन निर्माण गर्ने भएको छ । सामाजिक क्षेत्रमा सेवा गर्ने उदेश्यले समाजको लागि जग्गा खोजी गरी भवन निर्माण गरिने अध्यक्ष तेजबहादुर पुरीले बताए ।
समाजले विहीबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा भवन निर्माणका लागि नेपाली काँग्रेस इटहरी उपमहानगर सभापति एवम् समाजका सल्लाहाकार हेकमर्ण पौढेलले ५१ हजार रुपैयाँ घोषणा गरे । यस्तै समाजका उपाध्यक्ष देशबन्धु कार्कीले ५५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । विजय पौडेल ५१ हजार, अध्यक्ष तेजबहादुर पुरी ५१ हजार, सचिव रियन्द्र गुरागाई २५ हजार पाँच र पत्रकार बाबुराम सुवेदी ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख जयबहादुर भण्डारीको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत, नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेल, राप्रपाका रोहित कार्की, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हिमाल सुवेदी, नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखा सभापति विमल पौडेल, पर्यटन वोर्डका सदस्य रविन गौतम, मालपोत कर्यालय सुनसरी प्रमुख लोकबहादुर भण्डारीलगायतले आफ्ना भनाई राखेका थिए ।