तरहरा/ कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलय लामो समय देखि आर्थिक सेटिङमै चल्दै आएको छ । विगत पाँच वर्ष देखि यातायात कार्यलयमा करोडौ रूपैयाँ भष्ट्रचार हुने गरेको कार्यलयले नै जनाएको छ ।

कार्यलयका केहि कर्मचारीहरूको मिलोमतोमै आर्थिक अनियमितता हुने गरेको रहस्य खुले सँगै अन्य कर्मचारीहरू पोल खुल्ने डरले त्रसित भएका हुन ।यातायात कार्यलयमा मनपरी ढंगबाट राजश्व अपचलन गर्ने ठुलै गिरोह भएको कर्मचारी स्रोत्रले वताएको छ ।

केहि कर्मचारीहरू भने अहिले अताल्लीएका छन । यातायातका एक कर्मचारी स्रोत्रले भन्यो विल भरपाई विनाका करोडौ रूपैयाँ लामो समय देखि अपचलन हुर्दै आएको थियो । तर कार्यलय प्रमुख देखि विभागका डिजि सम्म सेटिङमै चल्ने गरेको थियो कर्मचारी स्रोत्रले नाम नखुलाउँने सर्तमा भन्यो ।

५६ करोड ५८ लाख आर्थिक भष्ट्राचार गर्ने सवै कर्मचारीलाई कारबाही गर्ने अख्तियारको केन्द्रिय कार्यालयबाट ३ जना अनुसन्धान अधिकृत तोकिएको र इटहरीमा नियन्त्रणमा लिइएका बिल,भर्पाई र अन्य कागजपत्र बुझाउने तयारी भईरहेको अख्तियार कार्यलय क्षेत्रीय प्रमुख प्रेम प्रसाद भट्टराईले वताए । उनले भने हामीले आवश्यक कागजात वुधवार नै नियन्त्रणमा लिई केन्द्रिय कार्यलयमा वुझाउँने तयारी गदै छौ ।

यातायात सवारी कार्यालयका निमित्त प्रमुख तिर्थ प्रसाद लम्सालले कार्यलयको लेखा फाँटका सवै कर्मचारी निलम्बनमा परेपछि सेवा प्रवाहमै समस्या उत्पन्न भएको छ । उनले भने कार्यलय पूर्ण रूपमा समस्यामा परेको वताए । कार्यलयको कामकाज समेत प्रभावित भएको र खाली भएको कर्मचारीको ठाउँमा पनि कर्मचारी नआएको कारण केहि समस्या भएको वताए ।

विहिवार विहान काम गर्ने निकै कठिन भयो उनले भने ।यातायात व्यवस्था सवारी कोशी कार्यालयका प्रमुख उपसचिव नयाँराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापाल शुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टिका बास्तोलालाई मन्त्रालय तथा यातायात व्यवस्था विभागले वुधवार निलम्बन गरेको छ ।

सेवाग्राहीबाट उठाइने राजश्वलाई आम्दानीमा नराखी आफै लिएर ५६ करोड ४८ लाख रूपैयाँ हिनामिना गरेको देखिएकोले विस्तृत छानविनको लागि निलम्बन गरिएको जनाएको छ ।करिव डेढ बर्ष अघिबाट राजश्व काट्न प्रयोग हुने विल परिवर्तन गरिएको पाईएको छ ।

आठ पाता रहेको पहिलेको विल परिवर्तन गरी अहिले २ वटा फरक फरक बनाइएको सेवा लिन आएका सेवाग्राहीहरूले बताएका छन् । कार्यालय परिषरसँगै रहेको ग्लोबल बैंकले भने सञ्चारकर्मीलाई फोटो खिच्न समेत दिएन ।

यातायात कार्यलयमा कार्यलयको भष्ट्राचार काण्डले अन्य कर्मचारीको पनि पोल खुल्ने डरले कर्मचारीहरू त्रसित बनेका छन् ।