काठमाडौं/ दक्षिण कोरियामा रहेका नेपालीका लागि राम्रो खबर छ, अब कोरिया सरकारले प्रवासी (विदेशी) कामदारले आफ्ना परिवारका सदस्य (श्रीमान वा श्रीमती) पनि ल्याउन पाउने व्यवस्था लागू गर्ने भएको छ
चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले रोजगार भिषा प्राणालीलाई परिवर्तन गर्ने घोषणा गरेको हो । परिवर्तित भिषा प्रणाली अन्तर्गत कामका लागि कोरिया आउने विदेशीले आफ्नो साथमा श्रीमान वा श्रीमती पनि ल्याउन पाउने छन् । र, उनीहरुले पनि काम गर्न पाउनेछन् ।
दक्ष विदेशी कामदारको कोरिया बसाई लम्बाउन कोरिया सरकारले उनीहरूका श्रीमान ,श्रीमती वा अन्य परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
अर्थमन्त्री यू इल होले दक्ष विदेशीले आफ्नो दक्षता प्रदर्शन गर्न र उनीहरूको बसाई सहज बनाउन भिसा प्रणालीनै परिवर्तन गर्न लागिएको बताएका हुन् ।
पछिल्लो समयमा कामका लागि कोरिया बस्ने विदेशीको संख्या वृद्धि भइरहेको छ । सन् २०११ मा कोरियामा १४ लाख विदेशी रहेकोमा हाल यो संख्या बढेर २० लाख नाघिसकेको छ । यद्यपि कोरियामा दक्ष कामदारको कमी कायमै रहेको जनाइन्छ ।