मुक्तिनाथ/मुक्तिनाथ तर्फ जाँदै गरेको तीर्थयात्रीले भरिभराउ बस कागबेनीमा दुर्घटना हूँदा ५ जनाको ज्यान गएको छ ।
[caption id="attachment_36917" align="alignnone" width="720"]
फाइल तस्बिर[/caption]
जोमसोमबाट शनिबार बिहान मुस्ताङको लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना भएको हो । दुर्घटनामा ११ जना भन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेहरुको पहिचान खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक हरिहर योगीले बताएका छन् ।
२६ जना सवार बसमा अन्य सामान्य घाइते भएको छन् । ‘घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइदैछ, दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको उनले बताएका छन् ।