धरान/ धरानमा महिला पत्रकारहरुलाई आइतबारदेखि दुईदिवसीय ‘आधारभुत समाचार लेखन, मल्टि मिडिया जर्नालिजम’ तालिम सुरु भएको छ ।  

रेडियो तथा अनलाइनमा कार्यरत सुनसरीका महिला पत्रकारहरुलाई क्रियाशील महिला पत्रकारले तालिम दिएको हो । महिला पत्रकारहरु उत्पादनमा नेपाल पत्रकार महासंघले भूमिका खेल्न नक्सदा सोचेजति महिला पत्रकारहरु उत्पादन हुन नसकेको क्रियाशील पत्रकार महिला सुसरीकी अध्यक्ष सीता मादेम्बाले बताइन् । उनले भने “तालिमको आयोजना हुनेगरे भएता पनि महिलाको सहभागिता एकदमै न्युन छ ,त्यसैलाई पूर्ति गर्न हामीले तालिमको आयोजना गरेको हौ ।”

तालिममा जसकुमार राई र अध्यक्ष सिता मादेम्बा, द्धन्द विशेषज्ञ धिरेन्द्र नाल्बाे  र पत्रकार लिलाराज भटट्राईले सहजीकरण गर्दैछन् । संचार मन्त्रालयको सहयोगमा कार्यक्रम गरिएको सचिव सुभद्रा प्याकुरेलले बताइन् । धरान, इटहरी, झुम्का, इनरुवा,सिरहा लगायतका १६ महिला पत्रकारहरुको सहभागीता रहेको थियो ।