धरान/कागज किर्ते गरेको अभियोगमा बयान दिन नआएको भन्दै नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।
कानुनी परामर्शका लागि बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा गएका सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । सिलवालसँगै अधिबक्ता शम्भु थापालाईपनि नियन्त्रणमा लिएको अधिबक्ता टिकाराम भट्टराईले सञ्चारमाध्यमलाई बताएका छन् ।
प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।आईजीपीले बोलाएको बैठक बहिस्कार गरेर हिडेका सिलवाललाई स्पष्टीकरण सोधिएको थियो ।
स्रोतका अनुसार सिलवाललाई लिन दुई नम्बर गणका एसपी सोमबार विहानै घरमा पुगेका थिए । त्यहाँ उनी नभेटिएपछि फरार रहेको भन्दै काठमाडौंमा प्रहरी परिचालन गरिएको थियो ।