वीरगञ्जमा भीषण आगलागी, २१ घर जलेर नष्ट
वीरगञ्ज/यहाँस्थित पटेलनगर–२१ स्थित गाछीटोलमा भीषण आगलागीमा परी २१ वटा घर जलेर नष्ट भएका छन् ।
बुधबार अपरान्ह दाधु राउतको घरबाट सल्केको आगोको लप्काले गाउँ नै सखाप पारेको हो । आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । स्थानीय प्रहरीका अनुसार आगोले थप क्षति पुर्याउन सक्ने छ ।
आगो नियन्त्रणको लागि स्थानीयवासीहरु जुटेर नियन्त्रणमा प्रयास जारी राखे पनि असम्भव बनेको छ । यो समाचार तयार पार्दासम्म दमकल, प्रहरी र सेनाको अझै उपस्थिति हुन सकेको छैन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































