सङ्खुवासभा/खाँदबारीस्थित सूर्य आवासीय माविमा अध्ययरत एक विद्यार्थीको खेल्ने क्रममा करेन्ट लागेर दुबै हात गुमाएकी बालिको विषयमा वेवास्ता गरिएको विरोधमा जिल्लास्थित प्राधिकरण शाखा र रेडक्रस शाखामा तालाबन्दी गरेका छन् ।
कक्षा ५ मा अध्ययरत सन्ध्या पन्तको क्षतिपूर्तिलगायत हालसम्म उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन् । उनको २७ दिन अगाडी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सङ्खुवासभाको निर्माणाधिन भवनमा खेल्ने क्रममा एघार हजार भोल्टेजको हाइटेन्सन लाइनको करेण्ट लागेर सख्त घाइते भएकी थिइन् । घाइते उनको दुबै हात गुमेपछि बारम्बार यसबारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि वेवास्ता गरेपछि तालाबन्दी गरिएको बताएका छन् ।
विद्यालय प्रशासन, जिल्ला स्थित विद्यार्थी संगठनहरु र बालबालिकाको क्षेत्रमा क्रियासिल संघ संस्थाहरुका प्रतिनिधि तथा विद्यालयका सयौं विद्यार्थीहरुले ताला लगाएको हो । पन्तको उपचार, जीवन निवृत्त शिक्षा, स्वास्थ्यको ग्यारेन्टीलगायतको माग राखिएको छ । खाँदबारी नगरपालिकाको कार्यालयले नक्सा पास नगरि सोसाइटीले आफनो भवन बनाउन थालेको र विद्युुत प्राधिकरणको लापारबाहिकै कारण सन्ध्याको यो हालत भएको हो कोण सभामा बोल्दै सन्ध्याकी आमा देवकुमारी पन्तले आरोप लगाइन् । छोरीको हाल काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइ रहेको जानकारी गराउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।
सायौं बालबालिका, संघसंगठन, विद्यालय परिवार र आफन्तहरुको सहभागीतामा खाँदबारी बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा समेत करिब १ घण्टा धर्ना दिइएको छ । आउने दिनमा पुनः सरोकारवाला निकायहरुले यसरी वेवास्ता गरेको खण्डमा अझ संघर्ष गर्न सुर्य विद्यालयका भाइस प्रीन्सीपल नवराज राईको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति समेत गठन भएको छ ।