इटहरी/तपाइको वियर खाने बानी छ । वियर खाँदा कुन प्रयोग गर्नुहुन्छ । होसियार रहनुहोस् । तपाई वियर खाँदा कुनै पनि बेला नराम्रोसँग फस्न सक्नु हुनेछ । नेपालमै चलेको भनिएको गोरखा बू्रअरीले उत्पादन गरेको ड्रागन वियरमै लेदो भेटिएको छ ।

बुधबार साँझ वियर खाने क्रममा धरान घर भई मोरङमा मिस्त्री काम गर्ने चित्रबहादुर मगरले वियर खान लाग्दा वान्ता हुने गरी गन्हाए पछि उनले वियरनै खान पाएनन् ।

‘अमिलो छ, अनि ट¥रो पनि छ’ गोर्खा बु्रअरीको ड्राइगन स्ट्रोङ वियरको बोत्तल देखाउँदै भने ‘पछि हेर्दा त बोत्तल भित्र लेदो पनि रहेछ ।’ गोरखा ब्रुअरी प्रालि मुकुन्दपुर नवलपरासी देखिएको सो वियरको बोत्तलमा बी एनः ४७–४६–१८–११ र बीबी १३÷११÷०१७ देखिएको छ र भने एमआरपी १८० रुपैयाँ देखिएको छ । स्वाद विग्रीएको र लेदो भेटिएको सो वियर ब्लाष्टसँग सुरक्षित छ