अनलाइनमार्फत खेल्न मिल्ने ‘ब्लु ह्वेल’ नामको गेम खेलेर अहिलेसम्म एक सय ३० भन्दा बढी युवाहरुले आत्महत्या गरिसकेका छन् । त्यसैले पनि यस गेमलाई ‘सुसाइड गेम’ अर्थात् आत्महत्या गर्ने खेलको रुपमा पनि लिइएको छ ।
रयिन समाचारपत्र ‘नोभया ग्याजेट’ ले सार्वजनिक गरिेको तथ्यांक अनुसार यसै वर्षदेखि सुरु गरिएको यस गेमले आइतबारसम्म रुसमा एक सय ३० भन्दा बढी किशोर–किशोरीहरुले आत्महत्या गरिसकेका छन् । अब बेलायतमा यस गेमलाई अनुमति दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ । युरोपियन मुलुकहरुमा यस गेमले हंगामा मच्चाइरहेको छ ।
एडभेन्चर यात्रा गर्न मन पराउनेहरुलाई लक्षित गरी कुनै टेलिभिजन कार्यक्रमको अवधारणामा ल्याइएको गेमबाट युवाहरु गेमको अन्तिम लेभल पार गर्नका लागि आत्महत्यासम्म गर्न पुगेको ‘द सन’ पत्रिकाले उल्लेख गरेको छ ।
समाचारमा उल्लेख भएअनुसार यस अनलाइन गेम खेल्ने व्यक्तिले आफैंलाई आत्महत्या गर्न प्रोत्साहित गर्छ ।
अनलाइनमा समूहमा मिलेर खेलिने गेममा आफ्नो समूहमा एकजना अन्जान ‘मास्टर’ भेटिनेछ । त्यस मास्टरले समूहको सदस्यहरुलाई प्रत्येक लेभलअन्र्तगत् दैनिक कार्यहरु दिनेछ, जुन ५०औं लेभल ५०औं दिनमा पूरा हुनेछ ।
दैनिक कार्यहरुमा आफैंलाई हानि पुर्याउने, हरर (डरलाग्दो)फिल्म हेर्नुपर्ने, रातको समयमा कुनैपनि बेला उठ्नुपर्नेलगायतका अनौठा र अकल्पनीय रहेका छन् । तर, अन्तिम ५०औं दिनमा विशेषगरी युवाहरुलाई आत्महत्या गर्न निर्देशन दिएर त्यसलाई नियन्त्रण गर्न लगाइन्छ ।
‘नोभया ग्याजेट’का अनुसार ती सबै गेमको अन्तिम ५०औं लेभलमा पार गर्न नसकपछि आत्महत्या गर्न पुगेको हुन् ।’