इटहरीका माओवादी केन्द्रका उम्मेदवारको घर अघि बमजस्तो बस्तु फेला
धरान/नेकपा मोआवादी केन्द्रका उपमेयरका उम्मेदवार सागर सुवेदीको घरमा बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।
इटहरी–८ विजुली अफिस नजिकै रहेको उनको घरको गेट नजिकै शंकास्पद बस्तु फेला परेको हो । उक्त बस्तुलाई हाल नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने कार्य भइरहेको इटहरीका संवाददाता बाबुराम सुवेदीले जनाएका छन् ।
बिहानै सागरको घर कहाँ हो भन्दै सोधेको सुवेदीले बताएको संवाददाताले बताए । करिव अढाई केजीको तौल रहेको सुवेदीले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































