धरान/नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक कार्यकर्ताको आत्मघाती बम विस्फोटमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकामा रहेको खानेपानी कार्यालयमा बम विस्फोट गराउन जाँदै गर्दा आफैंले बोकेको बम विस्फोट भएको थियो ।
विस्फोटबाट घाइते भएका चन्द्र सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार घाइते अबस्थामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक सिंहले बोकेको बम पड्किँदा उनको शरीर नै क्षतविक्षत भएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको माओवादीले चुनाव विथोल्न विभिन्न स्थानमा बम विस्फोट गराउँदै आएको छ ।
माओवादी केन्द्रको जुलुसलाई लक्षित गर्दै नवलपरासीमा विस्फोट गराउने विप्लवका चार कार्यकर्ता पनि सोमबार बेलुका पक्राउ परेका छन् । यसैबीच राससका अनुसार धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको हो । सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो । बम विष्फोटन स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ ।बाह्खरीबाट