धरान /सहमती अनुसार मत गणना नभएको र मतगण्ना अब्यबस्थित भएको भन्दै नेपाली काङग्रेसले सर्बदलिय बैठकको माग गरेपछि धरानको मत गण्ना स्थगित भएको छ । धरानमा वार्ड नं १ देखि ८ सम्मको मत गणना सम्पन्न भई सकेको छ । अहिले धरान ९ को मतगणना गर्ने तयारी भईरहेको थियो ।

नेपाली काङग्रेस धरानका सचिब श्याम पोख्रेलले सर्बदलिय बैठकमा भएको सहमती अनुसार मत गणना नभएको र मत गणना अब्यबस्थित भएको भन्दै नेपाली काङग्रेसले पुनः सर्बदलिय बैठक गरेर मात्र मत गणना गर्न निर्बाचन आयोगलाई आग्रह गरेपछि अहिले मत गण्ना रोकिएको हो ।

मत गणनालाई ब्यबस्थित बनाउन सर्बदलिय बैठकको माग गरिएको सचिब पोख्रेलले बताए ।धरानमा वडा नम्मर १ देखि ८ सम्म मतगणना गरि सक्दा वाड नं १,२ र ५ नम्मर वडामा नेपाली काङग्रेसले प्यानल सहित जित हासिल गरेको छ भने वडा नं ३,४,६,७ र ८ नम्बर वडामा एमालेले प्यानल सहित जित हासिल गरेको छ । बिहान ९ बजे सम्मको मत गण्ना अनुसार एमालेका मेयरका उमेद्धार तारा सुब्बाले ७०८२ मत ल्याएका छन् भने एमालेबाट उपमेयरकी उमेद्धार मञ्जु भण्डारी सुबेदीले ७०७६ मत ल्याएकी छन् ।

नेपाली काङग्रेसका मेयरका उमेद्धार तिलक राईले ५८८२ मत प्राप्त गरेका छन्् भने उप मेयरका उमेद्धार श्यामा रेग्मीले ५७८० मत प्राप्त गरेकी छन् । माओबादी केन्द्र सहितका ९ ओटा दलको सयुक्त गठबन्धनका मेयरका उमेद्धार अइन्द्रबिक्रम बेघाले ३४३५ मत ल्याएका छन् भने संघिय समाजबादी फोरम नेपालबाट उपमेयरको उमेद्धार भएका पारस काङमाङ राइले १२३४ मत प्राप्त गरेका छन् ।