ताप्लेजुङ/स्थानिय तहको दास्रो चरणको निर्वाचनवाट ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई आज सफत ग्रहण गराईएकोे छ ।सामुदायिक भवन सिटिहलमा निर्वाचित प्रमुख छत्रपति प्याकुरेल सहित ११ वडाका वडाध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले सफत गराउनु भएको हो ।
त्यस लगतै मेयर छत्रपति प्याकुरेलले सबै वडाका वडा सदस्यहरु, महिला सदस्यहरु, दलित महिला सदस्यहरुलाई सफत गराउनु भएको छ । सफत ग्रहणमा नगरवासिको उल्लेख्य उपस्थिति रहेको थियो । निर्वाचित उपमेयर बमबहादुर भट्टराई (तारा) भने आमाको निधनका कारण सफत ग्रहणमा उपस्थित हुन पाएनन् ।
भट्टराईको आमाको १७ गते राति निधन भएको थियो । उपमेयर सहितका अनुपस्थित पदाधिकारीलाई पुन सफत ग्रहण गरीने बताईएको छ ।यसैविच निर्वार्चित मेयर छत्रपति प्याकुरेलले आजनै पदभार ग्रहण गर्दै सबै नगरका सबै सडक पाँच वर्ष भित्र भित्र कालोपत्रे गर्ने र पहिलो चरणमा केहि वर्ष भित्रै सबै वडा कार्यालयमा कालोपत्रे सडक पु¥याउने महत्वकाँक्षि पहिलो निर्णय गरेका छन् ।
निर्वाचित मेयर प्याकुरेल काँग्रेसका उम्मेदवार केसव प्रसाद दाहाललाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । उनि एमालेबाट उम्मेदवार बनेका थिए ।पाँच वर्ष भित्र सबै वडाको सडक कालोपत्रे हुनेछ भने वडा कार्यालय पुग्ने सडक केहि वर्षमानै कालोपत्रे गरीनेछ निर्णयमा उल्लेख गरीएको छ । फुङ्लिङ नगरपालीकामा ११ वटा वडा रहेका छन् भने सबै वडामा कच्चि सडक पुगे पनि सबै सञ्चालनमा भने आएको छैन ।